काठमाडौं– शनिबारदेखि सुरु भएको नेपाली कांग्रेसको पालिका अधिवेशनअन्तर्गत लमजुङको राइनास नगरपालिकामा विवाद भएको छ। राइनासको सभापतिका लागि निर्वाचन चलिरहेका बेला मतपत्रमा त्रुटि भेटिएसँगै तनाव उत्पन्न भएको हो।
राइनास नगरको सभापतिका लागि श्रीकृष्ण पौडेल र नुरराज कडरिया चुनावी मैदानमा उत्रिएका छन्।
सभापतिका उम्मेदवारमध्ये श्रीकृष्ण पौडेलको मत संकेत गर्ने ठाउँमा कोठा नै नभएको र दुवै उम्मेद्वारको क्रमसंख्या एउटै पाइएपछि तनाव उत्पन्न भएको हो। नगरपालिकामा २०२ मतदाता रहेकोमा शनिबार १२३ मत खसेपछि मतदान स्थगित भएको थियो।
मतदान स्थगित गरेसँगै सबै मतपत्र जलाइएको निर्वाचत अधिकृत दिनेश सिलवालले जानकारी दिए। अर्को सूचना जारी नभएसम्मका लागि मतदान स्थगित गरिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।