काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबारदेखि पालिका अधिवेशन सुरु भएको छ। सोही अन्तर्गत बुटवल नगरमा शनिवार सम्पन्न नगर अधिवेशनबाट खेलराज पाण्डे नगर सभापतिमा निर्वाचित भएका छन्।
सभापतिमा निर्वाचित पाण्डेले ४१२ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी रीता केसीले १२४ मतमात्रै प्राप्त गरिन्। सभापतिमा विजयी पाण्डे वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् भने पराजित केसी सभापति शेरबहादुर देउवा पक्षकी हुन्।
नगर उपसभापतिमा पाण्डे प्यानलकै ज्योति भन्डारी र हितमान पुन, सचिवमा गङ्गा पन्थी र छाया पोेखरेल निर्वाचित भएका छन् भने सहसचिवमा देवलाल अर्गली गणेश घिमिरे निर्वाचित भएका छन्। घिमिरे केसी प्यानलबाट विजयी हुने एकमात्र उम्मेद्वार हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।