काठमाडौं- अनलाइन बजार दराजले आफ्नो वार्षिकोत्सव अभियान ‘दराज दसैं धमाका’ घोषणा गरेको छ। यो अभियान भोलि (असोज १० गते आइतबार) देखि सुरू हुने कम्पनीले जानकारी दिएको छ।
यस अभियानमा ग्राहकहरूले १० लाखभन्दा बढी उत्पादनहरूमा मज्जाको छुट पाउने कम्पनीले जनाएको छ।
‘अभियानको मुख्य आकर्षण निःशुल्क सिपिङ, अनलाइन प्रि-पेमेन्टमा २० प्रतिशत (अधिकतम दुई हजार ५०० रूपैयाँ)को छुट, पाँच हजार रूपैयाँसम्मको मेगा भौचर, ५० हजार रूपैयाँ मूल्यको उत्पादन एक रूपैयाँमा जित्ने मौका र बम्पर उपहारको रूपमा टीभीएस एनटर्क १२५ स्कुटर रहेको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
त्यसैगरी, दराजको नयाँ लाइभ स्ट्रिमिङ सुविधाले ग्राहकहरूलाई अभियानको अवधिमा हरेक दिन भौचर जित्ने मौका पनि प्रदान गर्ने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।