काठमाडौं– नाडाको ४५औं वार्षिक साधारण सभा तथा निर्वाचन आउँदो मंसिरमा हुने भएको छ।
मंसिर २२ र २३ गते काठमाडौंमा नाडाको वार्षिक साधारण सभा तथा निर्वाचन हुने नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए।
नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई वर्षमा अध्यक्ष लगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ। नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएसन समेत गठन गरिसकेको जनाएको छ।
अध्यक्ष दुलालले नाडाको ट्राफिक जनचेतना सम्बन्धी कार्यक्रमलाई देशव्यापी बनाउन नाडाका ७ वटा प्रदेशस्तरीय एशोसिएसनका अध्यक्षहरुलाई ट्राफिक ज्याकेट लगायत, जनचेतनामूलक स्टिकर र कोभिड विरुद्धको मास्क समेत हस्तान्तरण गरेको बताए।
नाडाका अनुसार ती सामानहरु नाडाका प्रदेश एशोसिएसनहरुले सम्बन्धित ट्राफिक कार्यालयमार्फत् वितरण गर्ने छन्। नाडाले गत भदौ २५ गते त्रिपुरेश्वर चोकमा महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहयोग र सहभागितामा त्यस्ता सामानहरु वितरण गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।