काठमाडौं- बेपत्ता भएका भनिएका काभ्रेका निर्वाचन अधिकारी राजेन्द्र लामिछानेले भोलि (शनिबार) तय भएको नेपाली कांग्रेसको पालिकास्तरीय अधिवेशन नरोकिने बताएका छन्।
शुक्रबार कांग्रेस जिल्ला कार्यसमिति, काभ्रेका सभापति मधु आचार्यले मतदाता नामावली सार्वजनिक नभएको र जिल्लाको १३ वटा पालिकाका लागि निर्वाचन प्रतिनिधि समेतको सुनिश्चित नभएको कारण भोलि हुने भनिएको पालिकास्तरीय अधिवेशन अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको सूचना निकालेका थिए।
तर, निर्वाचन अधिकृत लामिछानेले सामाजिक सञ्जालमार्फत् आफू निर्वाचनसम्बन्धी काममा नै लागिरहेको भन्दै सम्पर्कविहिन भएको आरोपमा कुनै सत्यता नभएको बताएका छन्।
‘केन्द्रीय कार्यालयले तोकेको तालिका अनुरुप नै भोलि पालिकास्तरीय अधिवेशन गर्न केन्द्रबाट भएको निर्देशन अनुसार नै निर्वाचनसम्बन्धी काममा नै लागिरहेको छु,’ उनले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।