काठमाडौं- संरक्षित वन्यजन्तु गैंडाको खाग (आखेटोपहार) सहित काठमाडौं महानगरपालिका-८ गौशाला तिलगंगा एरियाबाट एक पुरुष पक्राउ परेका छन्।
४५ ग्राम तौल भएको संरक्षित वन्यजन्तु गैंडाको खाग जस्तो देखिने वस्तुसहित ललितपुर, ललितपुर महानगरपालिका-६ लगनखेल बस्ने ३० वर्षीय निकेश बस्नेतलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।
गैंडाको खाग अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उक्त वस्तुसहित उनलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा बुझाइएको व्यूरोले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।