काठमाडौं- केन्द्रबाट खटिएका निर्वाचन अधिकृत बेपत्ता भएको भन्दै नेपाली कांग्रेसको पालिका अधिवेशन अनिश्चितकालीन स्थगित भएको छ।
कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलान्चोकका सभापति मधु आचार्यका अनुसार निर्वाचन अधिकारी राजेन्द्र लामिछाने विना सूचना बेपत्ता भएका छन्।
मतदाता नामावली सार्वजनिक नभएको र जिल्लाको १३ वटा पालिकाका लागि निर्वाचन प्रतिनिधि समेतको सुनिश्चित नभएको कारण भोलि (शनिबार) हुने भनिएको पालिकास्तरीय अधिवेशन अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको उनले जानकारी दिए।
पौडेल पक्षीय जिल्ला सभापति आचार्यले पालिका अधिवेशन रोक्न सूचना निकाले पनि अधिवेशन भने नरोकिने सिटौला पक्षीय काभ्रेका केन्द्रीय सदस्य शिव हुमागाईंले बताए।
‘निर्वाचन रोक्ने/गर्ने अधिकार निर्वाचन समितिमा रहेकाले गाउँ/नगरपालिका अधिवेशन हुन्छ। जिल्ला सभापतिले रोकेर अधिवेशन रोकिन्न,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।