गोरखा– नक्कली ऋणि खडा गरेर झन्डै १७ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा गोरखा प्रहरीले एउटा लघुवित्तका शाखा प्रबन्धकलाई पक्राउ गरेको छ।
प्रहरीले आरम्भ चौतारी लघुवित्त संस्थाको देउराली शाखा कार्यालयका तत्कालीन शाखा प्रबन्धक कालीकोटको राम्नाकोट–६ घर भएका ३० वर्षीय जङ्ग शाही छन्।
प्रहरीका अनुसार उनले १३ जना नक्कली ऋणी खडा गरेर आफू कार्यरत लघुवित्तबाट १६ लाख ९५ हजार रुपैयाँ झिकेर हिनामिना गरेका थिए।
लघु वित्त संस्थाको उजुरीपछि जिल्ला प्रशासन कार्यालयको पत्रानुसार शाहीलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ।
पक्राउ परेका शाहीविरुद्ध ठगी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।
ठगी कसूरमा अनुसन्धानका लागि शाहीलाई ७ दिन हिरासतमा राख्नका जिल्ला अदालत गोरखाले अनुमति दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।