काठमाडौं– लेमनलाइम पेय पदार्थ स्प्राइटले 'चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ' शीर्षकमा 'स्क्रिन टाइम प्रमोशनल अभियान' सुरु गरेको छ।
धेरैभन्दा धेरै उपभोक्ताहरुसम्म पहुँच पुर्याउन र उनीहरुलाई 'रिफ्रेस' गर्ने उद्देश्यका साथ अभियान थालिएको कम्पनीले जानकारी दिएको छ।
अभियानअन्तर्गत उपभोक्ताहरुले एउटा बजाज पल्सर १२५ सीसी, एउटा सामसङ ४३ इन्चको टेलिभिजन र ५ वटा सामसङ एफ–२२ मोबाइल हरेक हप्ता जित्ने मौका पाउनेछन् । यस्तै, दैनिक लक्की ड्रअन्तर्गत ५ जना भाग्यशाली सहभागीहरुले हरेक दिन एउटा सामसङ मोबाइल एफ २२ जित्ने मौका पाउँनेछन्।
यो अफरमा सहभागी हुनको लागी उपभोक्ताहरुले लेबलमा रहेको क्युआर कोड स्क्यान गर्नुपर्नेछ वा सीधै कम्पनीको बेवसाइटमा लगइन गर्नु पर्नेछ । त्यसपछि आफ्नो मोबाइल नम्बरसहित लेबल पछाडि रहेको सिरियल नम्बरलाई इन्टर गर्नुपर्नेछ। वैकल्पिक रूपमा, सहभागीहरुले आफ्नो पूरा नामसहित ३४९४९ नम्बरमा लेबलको पछाडि रहेको सिरियल नम्बरलाई एसएमएस गर्न सक्नेछन्।
भदौ ३० गतेबाट सुरु भएको यो योजना कात्तिक १८ गतेसम्म लागू हुनेछ। यो अफर ५०० मिलिलिटरको स्प्राइटको पीईटी प्याक, १ लिटर, १.५ लिटर र २.२५ लिटर किन्दा लागू हुने कम्पनीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।