• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष
लेखन-यात्रा

भुमरीभित्र घुम्दै म कविता लेखिरहेछु

64x64
केवल बिनाबी शनिबार, असोज ९, २०७८  ०९:३१
1140x725

म लेखक होइन। त्यसैले यो लेखमा सिलसिला नमिलेको हुनसक्छ। अथवा, तपाईंलाई प्रभाव पार्ने गरी अक्षरहरु नआएका हुनसक्छन्। म कवितासँग जोडिएको मेरो यात्रा र अनुभूतिलाई त्यसरी नै राख्न चाहन्छु, जसरी मैले भोगेँ। 

मेरो भोगाइ उबडखाबड छ। सुदूरपश्चिमको कतै कुनामा रोपिएको चेतनाको बीउ काठमाडौँमा फक्रिएको हो। तर, मेरो चेतनालाई अझै पनि काठमाडौँले ‘आफ्नो’ ठान्दैन। न त म नै काठमाडौँको हुन सकेको छु। बरु सुदूरको त्यो भूमिबाट पनि टाढिँदैछु। न यहाँको हुन सकेको छु, न उताको। मेरा कविता यतै बीचमा छन्।

म कविता लेख्छु, यो भनिरहनु परेन। तर, अझै कवि भएँ भन्ने लाग्दैन। कवि हुने प्रयत्न पो गर्दै छु कि! कसैले नामअघि ‘कवि’ जोडिदिँदा यस्तै लाग्छ।

कविता लेखन सुरु गर्दा मैले कविता के हो भन्ने सोचेकै थिइनँ। 

कविता ठूला र महान् व्यक्तित्वले लेख्छन् भन्ने छाप थियो। लय हालीहालीकन पढिन्थ्यो। दैवज्ञराज न्यौपानेको सानो छ खेत, सानो छ बारी, सानै छ जहान। नगरी काम पुग्दैन खान साँझ र बिहान।। जस्ता कविता लय हालेर पढ्थ्यौँ। अनि, लय हालिने गेयात्मक मात्र कविता हुँदा रहेछन् भन्ने भयो।

कवि भनेका सामान्य हुँदै होइनन् भन्ने लाग्थ्यो। ती ‘महान्’ मान्छे हुन् भन्ने छाप परेको थियो। शिक्षकले महाकवि लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल, माधवप्रसाद घिमिरेभन्दा अरुको नामै लिँदैन थिए।

तर, त्यसरी कण्ठ बनाउँदा पनि कवितामा रस बस्दै बसेन।

वास्तवमा मलाई गायनमा सोख थियो। गाउँमा गीत गाउने र वाद्यवादन बजाउने माहोल थियो। खासगरी परम्परागत बाजाहरु बजाइन्थ्यो। चाडपर्व, बिहे, मेलामा नाचगान र बाजा बजाउँदा खूब रमाइलो लाग्थ्यो।

Ncell 2
Ncell 2
nimb
nimb

मेरो लागि वाद्यवादन खेल्ने सामग्री भएर घर भित्रिएका थिए।

विद्यालय जंगलको बीचमा थियो। हार्मोनियम, मादल, तबलाजस्ता वाद्यवादनका सामान विद्यालयमा राख्दा राति नै हराउँथे। त्यसकारण हेडसरको घरमा राखिन्थ्यो। र, हेडसर मेरै बा हुनुहुन्थ्यो। म तिनै बाजा राखिएको कोठामा सुत्थेँ। साँझ बिहान मेरा औँला कहिले हारमोनियममा दगुर्थे, कहिले मादलमा उफ्रिन्थे त कहिले तबलामा बजारिन्थे।

मेरा बा विद्यालयका बालबालिकाका लागि गीत लेखिदिन्नुहुन्थ्यो। बाल दिवस, राजाको जन्मोत्सव जस्ता दिनमा बालगीत र नृत्यको प्रतिश्पर्धा हुन्थ्यो। हाम्रो विद्यालयको समूहले बाले लेखेका तिनै गीत गाएर नाच्थ्यो। तर, बाले आफ्नै शब्दमा संगीत भरेपछि पहिला घरैमा परीक्षण गर्नुहुन्थ्यो। ती गीतमा म र बहिनीले नाच्नुपर्थ्यो। त्यसरी फाइनल भएपछि मात्र विद्यालय हुँदै बझाङ सदरमुकाम चैनपुर पुग्थ्यो। 

मैले बझाङको त्यो माटोमा धेरै समय बिताउन पाइनँ। प्राथमिक शिक्षा नसक्दै बिरानो ठाउँको यात्रामा निस्किएँ। मैले छोडेँ त्यो धरतीको सुगन्ध।

Xtrem

Xtrem

अब काठमाडौँको कुरो।

मेरो लागि त्यो विद्यालय थिएन, दरबार थियो। अग्ला र अचम्मै लाग्दा पक्की भवन। सफा र हरियो चौर। विशाल क्षेत्रफल। आहो! म हराएँ। म टोलाएँ। अनि फुरुङ्ङ भएँ। तर, मेरो लागि त्यो विद्यालय कम र अनुशासनको दाम्लोले बाँधिएका भेडाहरुको बथान बढी थियो। म छात्रवृत्ति पाएर त्यो स्वतन्त्र संसारबाट ‘भेडाको बथान’ मा मिसिन आइपुगेको थिएँ।

विद्यालयमा कविता, कथा, निबन्ध प्रतियोगिता हुन्थ्यो। त्यति मात्र होइन, नाटक लेखन प्रतियोगिता पनि हुन्थ्यो। त्यति बेला बाध्यात्मक हिसाबले लेखियो। पुरस्कारको लोभमा लेखियो। त्यस प्रकारको लेखाइले लेखनप्रति आकर्षण होइन, विकर्षण हुँदो रहेछ। त्यसका केही खास कारण छन्।

पहिलो त, पुरस्कारको लोभ देखाएर कोही कसैको रुचि बदल्न सकिँदैन। दोस्रो, सिर्जनाको विषयमा जबर्जस्ती ‘जोताउनु’ हुँदैन। जसलाई जुन क्षेत्रमा रुचि छ त्यसैमा फूल्न दिनुपर्छ। जब कसैलाई बाध्यात्मक बनाइन्छ भने उसलाई डर त्रास र त्यस विषयप्रति घृणा पैदा हुन्छ। म पनि त्यस्तै बाध्यात्मकतामा फँसेको थिएँ। यद्यपि, त्यो बाध्यता घृणाको तहसम्म पुग्न पाएन।

पहिलो त, पुरस्कारको लोभ देखाएर कोही कसैको रुचि बदल्न सकिँदैन। दोस्रो, सिर्जनाको विषयमा जबर्जस्ती ‘जोताउनु’ हुँदैन। जसलाई जुन क्षेत्रमा रुचि छ त्यसैमा फूल्न दिनुपर्छ।

म त बाजागाजाको संसारमा हुर्किएको थिएँ।

काठमाडौँ आएपछि पनि बाजाहरुप्रति मेरो आकर्षण छँदैथियो। बाजा बजाउने नाच्ने, गाउँनेलाई सामान्य ठान्थेँ। आफूले देखेर, भोगेर आएको। 

मलाई विद्यालयमा पनि गाउनमै रुचि थियो। तर, हाम्रो पढाउने शैली विचित्रको छ। अरुले नै तय गरिदिएका विषय पढ्नुपर्छ। अरुले नै तय गरिदिएको क्षेत्रमा रुचि राख्नुपर्छ। बुझ्नेभन्दा कण्ठ गर्ने ‘तगडा’ मानिन्छ।

विद्यालयमा भएका कविता प्रतियोगितामा मैले सुरुमा तुकबन्दी मिलाएका कविता  लेखे पनि लामो समय निरन्तरता दिइनँ। अनि, सधैँ कमजोर ठहरिएँ। म गीत पनि लेख्थेँ। लेखेका गीत आफैँ गाउँथेँ। कविताभन्दा गीत लेख्न जटिल लाग्थ्यो। एउटा सानो गीतमा पूरा कथा हुन्छ। छुट्टै संसारको रचना र विकास हुन्छ। कविता स्वतन्त्र रुपमा लेख्न सकिन्छ। जसरी र जहाँबाट लेखे पनि हुन्छ।

कक्षा ९ मा पुगेपछि हामीले स्कुलमै ब्यान्ड बनायौँ। ब्यान्डमा तीन जना थियौँ। रञ्जना क्यासेट सेन्टरबाट एल्बम नै निकाल्यौँ। गीत र संगीत परिपक्व थिए, बरु मेरो गायन परिपक्व थिएन। 

एल्बमका ‘लुकीचोरी’ र ‘चैनपुरै बजारमा’ गीत निकै रुचाइए। पछि यी गीतलाई कभरका रुपमा धेरैले गाए पनि। तर, विद्यालयबाट हामीलाई साथ भएन। होस्टलको बसाइ थियो। कडा अनुशासन। एफएम रेडियोहरुमा अन्तर्वार्ताका लागि बोलाउँदा पनि जान नपाउने। शिक्षकहरुसँग निकै अनुरोध गरेपछि कान्तिपुर एफएममा अन्तरवार्ता दिएको दिन मलाई गर्वको अनुभूति भएको थियो। त्यो दिनको खुसी अहिले पनि सम्झनामा ताजा छ।

तर, एसएलसी परीक्षा बिग्रने चिन्ताले शिक्षकहरुबाट गीत गाउन प्रोत्साहन भएन। त्यसपछि म साहित्यतिर लागेँ। कविता र गीत लेख्दै थन्काउँदै गर्न थालेँ। 

विद्यालयको पुस्तकालय निकै ठूलो थियो। उपन्यास, कथा र कविताका पुस्तक खुब पढेँ। बसाइँ उपन्यास कक्षा ६ मा नै पढिसकेको थिएँ। बालसाहित्यकार तथा कवि रामबाबु सुवेदी, मुकुन्द शर्मा जस्ता नाम चलेका साहित्यकारहरुले पढाउनुहुन्थ्यो। लेख्न उहाँहरुबाट पनि प्रेरणा मिलेको थियो।

रामबाबु सर लय मिलेका बाल कविता मात्र सुनाउनुहुन्थ्यो। त्यस्तो लय मिलेका कविता पछि मलाई मन पर्न छाडेको थियो। म कवितामा स्वतन्त्र उडान चाहन्थेँ। ९/१० कक्षा पुग्दा मैले लेखेका कविताहरु तुकबन्दीबाट मुक्त भइसकेका थिए।

विद्यालयमा शिक्षकहरुले दिएका शीर्षकमा कविता लेखिन्थे। केको लागि लेख्ने भन्ने चेतना न हामीमा थियो, न शिक्षकहरुले सिकाए। हामीले लेखेका कतिपय कविता रामबाबु सरकै पहलमा मुना पत्रिकामा छापिन्थ्यो। तर, मैले तुकबन्दीका कविता नलेख्दा विरलै मात्र छापिए।

कक्षा ७/८ तिर पुग्दा मैले चालीस पचास वटा कविता लेखिसकेको थिएँ। ती कविताको पुस्तक प्रकाशन गर्न पाण्डुलिपि रामबाबु सरलाई दिएँ। उहाँ निकै व्यवस्थित हुनुहुन्थ्यो। तर, उहाँको व्यवस्थापन मेरो सन्दर्भमा ठीक उल्टो भइदियो। उहाँले मेरो पाण्डुलिपि हराइदिनुभयो। ती कविताका शीर्षक सम्झिँदा अहिले मलाई रामबाबु सरप्रति गुनासो लाग्दैन। त्यति बेला ‘गाई’, ‘आमा’, ‘झरना’, ‘मेरो देश’ जस्ता शीर्षकमा कविता लेखेको थिएँ। त्यो पुस्तक प्रकाशन ‘रहर’ मात्र हुने थियो।

विद्यालय तह पार गर्दैगर्दा देशमा परिवर्तनको तुफान चलिरहेको थियो।

परिवर्तनको त्यो तुफानले मलाई पनि सशक्त रुपमा कविता लेख्न बाध्य बनायो। म भुमरीमा परेँ। त्यो भुमरी समाज परिवर्तनको अन्तरिम समय थियो। त्यही भुमरीमा फनफनी घुम्दै म कवितामा अघि बढिरहँदा मञ्चहरुमा माइक समात्न पुगेँ। कतै गीत गाएँ, कतै कविता पढेँ। आन्दोलनसँगै म पनि अघि बढेँ।

बीचमा राजनीतिक आन्दोलन कतै सेलायो। कतै अलमलियो। तर, म त निरन्तर आन्दोलनमै छु। यो आन्दोलनले मलाई न्याय र समानताका विषयमा कविता लेख्न प्रेरित गर्‍यो। 

म यति बेलै उन्मुक्त पुस्तासँग जोडिएँ।

अब हाम्रा कविता सडकमा आए। बस्तीमा पुगे। कवितालाई बुझ्ने तरिका पनि फरक भयो। कविता र राजनीतिको सम्बन्ध झन् प्रगाढ भयो। हामी कवितामा राजनीति गर्नुहुँदैन भन्ने ढोंगबाट मुक्त थियौँ र छौँ। 

मेरो लागि कविता आन्दोलन हो।

यो आन्दोलनमा केशव सिलवाल, माधव घिमिरे अटल, केशरी अमगाईं, प्रकाश गुरागाईं, विश्व सिग्देल, कला अनुरागी, मुक्तान थेवा, हरिशरण परियार जस्ता साथीहरु जोडिए। अनि कविताको आन्दोलन सशक्त बन्दै गयो। म त्यही आन्दोलनमा बग्दै गएँ। बग्दै–बग्दै यादहरुको संग्रहालयसम्म आइपुगेँ।

कोरोना कहर नहुँदो हो त, सायद कविता संग्रह यादहरुको संग्रहालय यति बेलै नआउन सक्थ्यो। अथवा कहिल्यै नआउन पनि सक्थ्यो। अब त आउने भइसक्यो, आगामी हप्ता नै। जब म कोरोना संक्रमित भएर ओछ्यानमा ढलेको थिएँ, त्यति बेला लागेको थियो– मेरा कविता पनि थिए र ती छापिएको भए समाजले पढ्ने मौका पाउँथ्यो। त्यति बेलै हो मैले उन्मुक्त पुस्ताका हरेक आन्दोलनकारी साथीहरुलाई सबैभन्दा बढी सम्झेको।

तर, कविता भावनाको बहकाउ मात्र होइन भन्नेमा पनि म उत्तिकै सचेत थिएँ।

म आफैँ लामो समय राजनीतिक आन्दोलनमा थिएँ। झन्डै एक दशक पार्टीको झन्डा बोकेर हिडेँ। त्यति बेला लागेको थियो– बन्दुक बोकेरै पनि समाज परिवर्तन गर्न यति गाह्रो हुन्छ भने कविता लेखेर के हुन्छ? तर, ती बोन्दुक बोक्ने सोच र बन्दुकको नाल सोझ्याउने दिमागलाई नियन्त्रण गर्ने त कविताले रहेछ। विचार दिने त कविताले रहेछ।

अहिले लाग्छ, बन्दुकभन्दा कविता शक्तिशाली छ। तर, यो निरपेक्ष होइन। जब हामी भौतिक रुपमा संघर्षमा हुन्छौँ, त्यति बेला कविता वाचन गरिँदैन। मुठ्ठी उठ्छन्।

यति बेला हामी मात्र कविता सुनाइरहेछौँ। के शासकहरुले हाम्रो आवाज सुनेका छन्?

प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  ०९:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
केवल बिनाबी
लेखकबाट थप
प्रतिवादीको बयान
भुमरीभित्र घुम्दै म कविता लेखिरहेछु
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
हेलिकप्टरको खर्च १५ अर्ब होइन, १४–१५ करोड मात्र हो : गृहमन्त्री गुरुङ बिहीबार, असोज १५, २०८३
पाइलटमाथि चक्कु प्रहारपछि विमान दुर्घटना गराउने प्रयास, १७४ यात्रु जोगिए बिहीबार, असोज १५, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बिहीबार, असोज १५, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बिहीबार, असोज १५, २०८३
दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्री वालेन्द्रले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्