काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ। बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसिरहेको छ।
बैठकमा पार्टीको आसन्न महाधिवेशन तथा मन्त्रिपरिषद् विस्तार, पर्टीबाट मन्त्रीको छनोटलगायत विषय अजेण्डामाथि छलफल भइरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए।
सत्तारुढ दलबीच सहमति नजुट्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। यस्तै कांग्रेसभित्र क-कसलाई मन्त्री बनाउने भन्ने विषयमासमेत विवाद भइरहेको छ। यी नै विषयमा पदाधिकारी बैठक केन्द्रित रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।