काठमाडौं–पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) मोतिलाल बोहराको घरबाट एभोकाडो फल चोरी गरेको आरोपमा १२ जना युवा पक्राउ परेका छन्।
पूर्वआईजीपी बोहराको घरसहित काठमाडौं विभिन्न ठाउँबाट एभोकाडो फल चोरी गरेको पाइएपछि एक दर्जन युवालाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले नेपाल लाइभलाई जानकारी दिए।
बोहराको नयाँबानेश्वरस्थित संगमचोक घरमा लगाएको एभोकाडो चोरी भएपछि उनले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ परेका युवाहरुले एभोकाडो चोरी गरेर सस्तो मूल्यमा फलफूल पसलमा बेच्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। रातिको समयमा घरका कम्पाण्डभित्र प्रवेश गर्दै यो समूहले एभोकाडो फल चोरी गर्ने गरेको पाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।