प्रतिकात्मक तस्वीर
रौतहट– कटुवा पेस्तोल र त्यसमा लाग्ने २ राउण्ड गोलीसहित रौतहट प्रहरीले १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुर्गाभगवती गाउँपालिका-२ भलुइया बस्ने २४ वर्षीय संजय साह सोनार छन्।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालाय गंगापिपराबाट खटिएको टोलीले सोनारलाई १ थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने २ थान गोली सहित बुधबार दिउँसो पक्राउ गरेको हो।
सोनारको घर तलासी गर्ने क्रममा कटुवा पेस्तोल र गोली फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ। पक्राउ परेका सोनारमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।