काठमाडौं- काठमाडौं र चितवनमा दुई पुरुष मृत फेला परेका छन्।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-२४ वसन्तपुरस्थित कालभैरव मन्दिर पछाडी पेटीमा हाल नाम, थर, वतन नखुलेका करिब ६५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन्।
यस्तै, भरतपुर महानगरपालिका-१६ शिबघाट भङ्गेरी थानस्थित नारायणी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन्।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।