काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध मुद्रासहित एकजना पक्राउ परेका छन्।
बुधबार अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरिया नजिक प्रहरीले चेकजाँच गर्ने क्रममा पाइन्टभित्र लुकाएर राखेको १३ हजार अमेरिकी डलरसहित गोरखाको गोरखा नगरपालिका-२ का ४२ वर्षीय सिताराम विक पक्राउ परेका हुन्।
प्रहरीका अनुसार उनी नेपाल एयरलाइन्सको उडान नं. आर ए २२९ मार्फत् काठमाडौंबाट दुबई जान लागेका थिए।
उनले दाहिने गोजी भित्र राखेको अमेरिकी डलर १०० दरको १३० थान ९१३ हजार० बरामद गरिएको प्रहरीले जनाएको छ।
उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुशन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।