विश्वप्रकाश शर्मा।
काठमाडौं- नेपाली कांग्रेसले वडा अधिवेशन सकिएका जिल्लामा असोज ९ मै गाउँ/नगर अधिवेशन गर्ने भएको छ। क्रियाशील सदस्यता टुंगो नलागेका १३ जिल्लामा असोज ९ गतेसम्म वडा अधिवेशन गर्ने कांग्रेसले जनाएको छ।
बुधबार बसेको पदाधिकारी बैठकले असोज ९ गतेभित्रै विवाद टुंग्याउन जिल्लाहरूलाई निर्देशन दिने निर्णय पनि गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
सर्वसम्वत हुने स्थानमा सर्वसम्मत गर्न र नहुने स्थानमा निर्वाचनको लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्न उनले आग्रह गरे।
असोज ९ गतेअघि नामावली आउन नसके निर्वाचन समितिले आफ्नो तरिकाले सकिएका जिल्लाको वडा अधिवेशन गर्दै जाने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।