काठमाडौं– विद्युत् ट्रान्सफर्मर चोरी गरेको आरोपमा काठमाडौं प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–८ घर भएका ४३ वर्षीय नारायण थापा छन्।
उनलाई महानगरीय प्रहरी प्रभाग बलम्बुको टोलीले असोज २ गते राति साढे ८ बजे पक्राउ गरेको हो। प्रहरीका अनुसार थापाले चन्द्रागिरी नगरपालिका–११ स्थित सामसुङ टिभीको कारखाना कम्पाउण्डमा राखिएको बिजुलीको ट्रान्सफर चोरी गरेर लैजान लागेका थिए।
थापासँग सोधपुछ गर्दा उनीसँगै ४ जनाले उक्त ट्रान्सफर्मर चोरी गर्न लागेको बताएका प्रहरीले दाबी गरेको छ। ३ जना भने फरार भएको प्रहरीको भनाइ छ।
पक्राउ परेका थापाको साथबाट प्रहरीले फलाम काट्ने कटर १ थान, पेन्चीस १ थान, विभिन्न साइजको रेन्चीलगायत बरामद गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।