सुनिल थापा।
काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापाले नेपाली कांग्रेस कैलालीको क्रियाशील सदस्यताबारे असन्तुष्टि जनाएका छन्।
उनले पूर्वराप्रपाबाट आएको नामावली हाल क्रियाशील सदस्यतामा समावेश नगर्न कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिवलाई पत्राचार समेत गरेका छन्।
राप्रपाबाट आफूसँगै कांग्रेस प्रवेश गरेका कैलाली जिल्लाका नेताहरूको क्रियाशील सदस्यको नामावलीमा गम्भीर समस्या आएको आमन्त्रित केन्द्रीय सदस्य आशाराम चौधरीले आफूलाई जानकारी गराएको थापाले उल्लेख गरेका छन्।
चौधरीको कुरामा आफ्नो पनि समर्थन रहेको भन्दै उनले कैलालीको १२५ जना क्रियाशील सदस्यको पेस भएको नामावली हाललाई थाँती राखी १४औं महाधिवेशनको क्रियाशील सदस्यमा समावेश नगरिदिन भनेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।