काठमाडौं– सानिमा बैंक लिमिटेडले ललितपुरको ढोलाहिटीमा शाखा कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।
कार्यालयको उद्घाटन वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा गरे।
उद्घाटन समारोहमा मह जोडीले ललितपुरको ढोलाहिटीमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बधाई दिँदै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन शुभकामना दिए।
त्यसैगरी, सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे।
सानिमा बंैकको देशका सातै प्रदेशमा १०५ कार्यालय र ९६ वटा एटिएम सञ्चालनमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।