• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ईश्वर पोखरेलको प्रस्ताव : एमालेमा दुई कार्यकालभन्दा बढी मुख्य कार्यकारी पदमा उठ्न अनुमति नदिउँ

64x64
बीपी अनमोल सोमबार, असोज ४, २०७८  २२:५१
1140x725

काठमाडौं- नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले विगतमा जस्तो दुई कार्यकाल एकल नेतृत्वमा रहेर काम गरिसकेका नेतालाई पुनः अध्यक्ष वा मुख्य कार्यकारी पदमा उठ्ने अनुमति दिन नहुने प्रस्ताव गरेका छन्।

एमालेको दुई दिनसम्म चलेको स्थायी कमिटी बैठकमा उनले संगठनात्मक प्रस्तावका रुपमा यो प्रस्ताव पेस गरेका हुन्। स्थायी कमिटी बैठकमा यस विषयमा नेताहरुले आ-आफ्नो धारणा राखेका छन्।

‘बैठकमा सबैले यो प्रस्तावलाई पारित गर्नुपर्छ र नयाँलाई नेतृत्व दिनुपर्छ भन्ने धारणा राखेका छन्,’ एक स्थायी कमिटी सदस्यले भने, ‘अब यस विषयमा केन्द्रीय कमिटी हुँदै विधान महाधिवेशनमै गएर छलफल हुन्छ।’

पोखरेलको प्रस्तावमा पार्टीमा तीन कार्यकालभन्दा लामो समयसम्म एकल र शक्तिसम्पन्न कार्यकारी अधिकारसहितको महासचिव रहेका माधवकुमार नेपाललाई अध्यक्षको उम्मेद्वार बन्न दिँदा उत्पन्न गतिरोध र समस्याबाट सबैले गहन पाठ सिक्नु आवश्यक रहेको उल्लेख छ। 

‘हामीले गतिशील र जीवन्त पार्टी निर्माणको सन्दर्भमा पार्टीमा प्रवेश हुने र सम्मानजनक रूपमा विदा हुने प्रणालीलाई स्थापित गर्नुपर्छ,’ उनले प्रस्तावमा उल्लेख गरेका छन्,‘पार्टीमा नेतृत्व निर्माणमा तीन पुस्ताको योजनाबद्ध र वैधानिक प्रबन्ध गरिनु आवश्यक छ।’

पार्टीमा वैचारिक एकता कायम गर्न नसक्दा वहुपद, वहुकेन्द्रका रूपमा विकास हुने अवस्था सिर्जना भएको भन्दै उनले मुख्य नेतृत्वको अगुवाइमा सामुहिक नेतृत्वको भावनाअनुरूप पार्टी सञ्चालन हुनु आवश्यक हुने धारणा राखेका छन्। 

‘विगतका हाम्रा अभ्यास र अनुभव त्यस अनुरूप हुन सकेनन्। उन्नतस्तरको लोकतन्त्रीकरणको अपेक्षा राखेर जसरी बहुपदीय प्रणालीको विकास गरियो, पार्टी तदनुरूपको दिशातिर नगई बहुपद स्वार्थ र महत्वाकांक्षासहितको बहुकेन्द्र बन्ने अवस्था सृजना भयो। मैत्रीपूर्ण, सौहाद्र, कुशल र सक्षम नेतृत्व विकासको ठाउँमा विवाद र अन्तरद्वन्द्वले लिने स्थिति देखियो,’ उनको ५३ पृष्ठ लामो संगठनात्मक प्रस्तावमा उल्लेख छ। 

लोकतन्त्रीकरणको प्रक्रियालाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्ने भन्दै उनले सत्तरी वर्षको उमेरहदलाई सत्तरी वर्ष पुरा नहुँदासम्म उम्मेदवार हुन पाउने र कार्यकाल पुरा नहुँदासम्म जिम्मेवारीमा रहन पाउने स्पष्ट व्यवस्था गरी त्यसलाई यथावत राख्नु उपयुक्त हुने उल्लेख गरेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘एउटै चुनावी घोषणा-पत्रका आधारमा चुनावी गठबन्धन कायम गरेको पक्षसँग पार्टी एकताको नेतृत्व पनि हामीले लियौं। तर, दुई भिन्न पृष्ठभूमि र कार्यदिशा बोकेका पार्टीहरूका बीचको एकता लामो समयसम्म टिक्न सकेन,’ उनले भनेका छन्,‘पार्टी एकता प्रकृयाले पूर्णता नपाउदै त्यो असफल भएपछि नयाँ परिस्थिति उत्पन्न भएको छ। हाम्रो पार्टी नेकपा गठनका समयको एकता र एकिकरणको भावनालाई आत्मसात गरेर अघि वढिरहेको छ। साथै यतिवेला सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री तोकेर परमादेश जारी गरेपछि हाम्रो पार्टी प्रमुख प्रतिपक्षमा पुगेको छ। संविधानतः नयाँ निर्वाचनका लागि लामो समय नरहेको अवस्थामा प्रतिपक्षको हाम्रो भूमिकालाई निर्वाचनको तयारीमा जुटने अवसरमा वदल्नु आवश्यक छ।’

‘अन्तरपार्टी संघर्षको क्रममा वैधानिक सीमा मिचिदाको अवस्थामा पनि समस्या पैदा हुने गर्दछ। यतिबेला नेपाली समाजमा सामाजिक अराजकताका प्रवृत्तिहरू र पार्टी संगठनभित्र संगठनात्मक अराजकताको स्थिति देखापरेको छ,’ उनले भनेका छन्, ‘विगतमा नेकपा (एमाले)भित्र उत्पन्न अन्तर्विरोधलाई त्यहाँभित्र स्थापित प्रणालीले एकहदसम्म बाँधेर राखेको थियो। नेकपा (माओवादी केन्द्र) सँगको एकतापछि त्यो अवस्था रहेन। माओवादीभित्र व्यक्तिकेन्द्रित संगठनात्मक अभ्यास खुला राजनीतिमा आएपछि संगठनात्मक अराजकताको रूपमा संस्थागत भयो र दुई पार्टीको एकतापछि नेकपाभित्र प्रवेश भयो। प्रचण्डमा रहेको व्यक्तिकेन्द्रीत अवसरवाद र उनको नेतृत्वमा माओवादी आन्दोलनमा हुर्किएको संगठनात्मक अराजकता नेकपा (एमाले)भित्रको समुहबन्दीमा अन्तरघुलन हुने र पार्टी र आन्दोलन नै संकटमा पर्ने अवस्था सिर्जना भयो।’

एमालेबाट माधव नेपालको नेतृत्वमा एउटा समुह बाहिरिए पनि संगठनात्मक अराजकता र गुटबन्दीको समस्या स्वतः अन्त्य नहुने उनको संगठनात्मक प्रस्तावमा उल्लेख गरिएको छ। 

‘विगतमा हाम्रो पार्टीले अघि बढाएको लोकतान्त्रिक अभ्यासले उन्नतस्तरको लोकतान्त्रिक संस्कृतिको माग गर्दछ। तर, हाम्रो समाज र राजनीतिमा त्यो संस्कृतिको विकास हुनसकेको छैन, गर्न सकिएको छैन। यसले पनि संगठनात्मक अराजकतालाई मलजल गरेको छ,’उनले भनेका छन्। 

Xtrem

Xtrem

पार्टीको सिद्धान्त, नीति र कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने माध्यम नै पार्टी संगठनहरू भएको भन्दै उनले सोही मान्यताअनुरूप पार्टीको संगठनात्मक नीति तथा प्रस्तावलाई व्यवहारमा प्रभावकारी ढंगले कार्यान्वयनमा लैजानु आवश्यक रहेको बताएका छन्। विधान महाधिवेशनको माध्यमबाट सिंगो पार्टी एकतावद्ध रूपमा त्यस दिशामा अघि वढ्नु आवश्यक रहेको उनको प्रस्तावमा उल्लेख छ। 

स्थायी कमिटीमा छलफल भएको यो प्रस्ताव अब असोज ८ र ९ गते बस्ने नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा पेश हुनेछ। त्यहाँ केन्द्रीय सदस्यहरुको पनि सुझावपछि असोज १५ देखि १७ गतेसम्म आयोजना हुने विधान महाधिवेशनमा छलफलका लागि प्रस्तुत हुनेछ।

प्रकाशित मिति: सोमबार, असोज ४, २०७८  २२:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने मंसिर २६ देखि २८ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको राप्रपाले भदौ मसान्तभित्र ७२ जिल्लाको अधिवेशन सम्पन्न गरि... बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बैठकमा उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावको विरोधमा कुनै पनि सूचना प्राप्त नभएपछि मन्त्री लम्सालले विधेयक पेश गरेका हु... बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री श्रेष्ठले बेपत्ताहरूको खोजी कार्य जारी राख्दै प्रभावितहरूको जीवन साम... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्