पाँचथर– पाँचथरको मिक्लाजुङमा प्रहरी चौकी स्थापना गरिएको छ।
पाँचथरका सिडिओ प्रकाशचन्द्र अधिकारी र डिएसपी बामदेव गौतमले आइतबार संयुक्त रुपमा मिक्लाजुङ गाउँपालिका ८ मा अस्थायी प्रहरी चौकी दुरदिम्बाको उद्घाटन गरेका छन्।
चौकीमा असईको कमान्डमा ७ जना जनशक्ति राखिएको छ।
चौकी स्थापनासँगै सो गाउँपालिका तथा आसपासमा क्षेत्रमा अपराध नियन्त्रण तथा शान्ति सुरक्षा अझ सुदृढ हुने विश्वास गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।