काठमाडौं- सामसङ नेपालले दसैं-तिहारको अवसरमा 'छुटको तरंग, दसैं-तिहारमा उमंग' योजना सार्वजनिक गरेको छ। यस योजनामार्फत सामसङका टीभी तथा डिजिटल एप्लायन्सेस खरिदमा आकर्षक छुट प्राप्त गर्नसक्ने कम्पनीले जानकारी दिएको छ।
'ग्राहकहरुले यो योजना अवधिभर सामसङका टीभी, रेफ्रिजेरेटर, वासिङ मेसिनहरुको खरिदमा अधिकतम ३५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ। त्यसैगरी निश्चित उपकरणहरुको निःशुल्क जडानको व्यवस्था पनि गरिएको छ। दसैंको उत्सवको क्रममा आफ्नो घर परिवारका लागि केही नयाँ कुरा जोड्ने इच्छालाई, सामसङको यो समसामयिक ग्राहकमुखी योजनाले सजिलै पूरा गर्न सहयोगी हुने विश्वास लिइएको छ,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
सामसङ प्लाजाको आधिकारिक वेभसाइटबाट पनि सामसङका उत्पादनहरु अनलाइन खरिद गर्ने वैकल्पिक सुविधा ग्राहकहरुलाई प्रदान गरिएको कम्पनीले जनाएको छ। सामसङ प्लाजा तथा निश्चित आउटलेटहरुबाट सहज किस्ताबन्दीको सुविधासमेत रहेको जनाएको छ।
'कम्पनीद्वारा टीभीहरुमा दुई वर्ष (एक वर्ष फूल प्रोडक्ट वारेन्टी र थप एक वर्ष प्यानलमा) को वारेन्टी प्रदान गरेको छ। रेफ्रिजेरेटर तथा एसीको डीआईटी कम्प्रेसरमा १० वर्षको वारेन्टी उपलब्ध गराइएको छ भने वासिङ मेसिनको डीआईटी मोटरमा १० वर्षको वारेन्टी रहेको छ। विगत १५ वर्षदेखि सामसङ टीभी ग्लोबल नम्बर १ टीभी हुन सफल भएको छ भने रेफ्रिजरेटरहरु र वासिङ मेसिनहरुको पनि नेपाली बजारमा राम्रो स्थान ओगट्न सफल भएको छ,' कम्पनीले भनेको छ।
यो योजना असोज १ गतेदेखि कात्तिक २९ गतेसम्म वा स्टक रहुन्जेलसम्मको लागि लागू हुने कम्पनीले जनाएको छ। सामसङका आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापार मातहतका नेपालभर रहेका आधिकारिक बिक्रेतामार्फत् यो योजना लागू गरिएको कम्पनीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।