• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

मधेशको राजनीतिमाथि कस्तो फिल्म बनाए मनोज पण्डितले?

64x64
युवराज भट्टराई मंगलबार, असोज ५, २०७८  ०८:३०
1140x725

काठमाडौं– ‘दाइ, के म यो संस्थामा जोडिन सक्छु? मलाई अनुसन्धान र जासुसीमा धेरै रुचि छ।’

निर्देशक मनोज पण्डितलाई निकेशकुमार लम्सालले फेसबुकमा पठाएको मेसेज हो, यो। उनले आफ्नो नयाँ फिल्म ‘एक’भित्र निर्माण गरिएको जासुसी संस्था ‘सेन्टर फर सेक्युरिटी’ (सीएसआई)’ मा काम गर्ने इच्छा देखाउँदै पण्डितलाई मेसेज गरेका थिए।

पण्डितले जासुसी फिल्म बनाएका भने होइनन्। जासुसी पक्षसमेत जोडेर राजनीतिक विषयवस्तुमाथि फिल्म बनाएका हुन्। मधेश केन्द्रित मुद्दामा निर्माण भएको फिल्ममा आफूले स्थापित भाष्यभन्दा फरक ढंगले प्रस्तुत गर्ने जमर्को गरेको उनी बताउँछन्।

‘फिल्म मनोरञ्जन मात्रै होइन, यसले कुनै न कुनै रुपमा समाजका मुद्दाहरुलाई उठाएको हुनुपर्छ,’ निर्देशक पण्डितसँग बेलाबखत भेट हुँदा यसो भनिरहन्छन्।

पण्डितले फरक प्रकारका फिल्म बनाउने निर्देशकको पहिचान बनाएका छन्। चाहे ‘ग्रेटर नेपाल’ होस् वा ‘दासढुंगा’, वा 'वधशाला' उनले चल्तीको बाटो हिँडेर फिल्म बनाएका छैनन्। 

विश्वमा स्थापितभन्दा फरक धारका फिल्म बनाएर प्रभाव देखाउने निर्देशक धेरै छन्। अमेरिकी निर्देशक फ्रान्सिस् फर्ड कपोल्लाको फिल्म ‘एपोक्यालिप्सी नाउ’ होस् वा डेनिस होप्परको फिल्म ‘इजी राइडर’, तिनलाई दर्शकले सम्झिरहने छन्। भारतमै पनि एस शंकर निर्देशित बलिउड फिल्म ‘नायक’, मलयालम भाषाको लिजी जे पुल्लपल्ली निर्देशित ‘सन्चरम’ लगायत धेरै फिल्म बनेका छन्, जसले स्थापित भाष्यलाई खण्डन गर्दैै दर्शकलाई नयाँ दृष्टिकोणबाट हेर्न सिकाउँछन्। 

पण्डित पनि त्यस्तै प्रयोग गर्न खोज्छन् जसले उनलाई विवादमा तान्ने गरेको किन नहोस्। नयाँ फिल्म ‘एक’मा पनि आफूले फरक ढंगले काम गरेको उनी बताउँछन्। ‘म फरक गर्छु वा अरुभन्दा फरक देखिन काम गर्छु भन्ने लाग्दैन,’ पण्डित भन्छन्, ‘तर, काम गरिरहँदा त्यो आफैं फरक हुन जान्छ। मेरो फिल्म खिच्ने शैलीदेखि मैले भन्ने कथाहरु भिडभित्रैका हुन्।’

चार वर्षअघि सुरु भएको फिल्मको छायांकन कोभिडको पहिलो लहर सुरु हुनुअघि सकिएको थियो। तर, कोभिडका कारण 'पोस्ट प्रोडक्सन'को काममा ढिलाइ भयो। 

Ncell 2
Ncell 2
nimb
nimb

यो फिल्म मधेशको मुद्दामा आधारित छ। नेपालको दक्षिणी भूभागमा भएको राजनीतिक चलखेल र यसमाथि लाग्ने गरेका आक्षेपहरुलाई पण्डितले दृश्यमार्फत खण्डन गर्न खोजेका छन्। आफ्नो फिल्ममा भविष्यमा हुनसक्ने त्रासदीलाई प्रस्तुत गरेको उनी बताउँछन्। ‘भविष्यमा हुनसक्ने द्वन्द्वलाई लिएर फिल्म निर्माण भएको छ, फिल्मले त्यो भविष्यसँग लड्ने जमर्को गरेको छ,’ उनी भन्छन्।

अरुलाई जस्तै उनलाई पनि लागेको छ– देश कठिन स्थितिमा छ र विदेशी शक्तिले खेल मैदान बनाएका छन्। फिल्मको निचोड चाहिँ अब त्यस्तो बन्न दिनुहुन्न भन्ने नै छ। ‘म अहिले अफगानिस्तानमा आफ्नो काल्पनिक विषयको सार्थकता भेटिरहेको छु,’ पण्डित भन्छन्, ‘अफगानिस्तान विदेशी हस्तक्षेपले कहाँ पुग्यो? नेपाल पनि अरु देशको हस्तक्षेपले भोलि त्यस्तै अवस्थामा पुग्न सक्छ। मैले आफूले देखिरहेको डरलाई पर्दामा देखाउने प्रयास गरेको छु।’

मधेश भन्ने वित्तिकै मानिसको दिमागमा आउने ‘विघटनको चित्र’ कसरी सिर्जना भयो भन्नेमा आफू आश्चर्यमा परेको उनी बताउँछन्। फिल्म निर्माणको क्रममा पनि मधेशलाई बुझ्ने गलत दृष्टिकोणहरुको उनले सामना गरे। ‘मधेश भूभाग छुट्टै थियो भन्ने जुन अवधारणा छ, यो पूर्णरुपमा आयातीत अवधारणा हो,’ पण्डित भन्छन्, ‘तराई कसरी मधेश भयो? तराई भन्ने परिभाषालाई फेरेर कसरी मधेश भन्ने भाष्य निर्माण भयो? यसमाथि प्रश्न गर्न आवश्यक छ,’ उनी भन्छन्।

विगतका उनकै फिल्मभन्दा भिन्न रहेको ‘एक’मा पण्डितले द्वन्द्व पनि समावेश गरेका छन्। तर, भौतिक द्वन्द्व मात्र नभएर मनोवैज्ञानिक द्वन्द्व प्रस्तुत गरेको उनको भनाइ छ। ‘मैले आफ्ना दर्शकको दायरालाई फराकिलो बनाउने प्रयासस्वरुप विपक्षी बलियो हुँदा आवश्यक परेको ठाउँमा एक किसिमको एक्सन देखाएको हुँ,’ पण्डित भन्छन्।

Xtrem

Xtrem

तर, नेपाली फिल्ममा देखाइने द्वन्द्वका दृश्यहरु वास्तविक लाग्दैनन्। पण्डित आफ्नो फिल्ममा भने द्वन्द्वलाई मनोरञ्जनको औजारका रुपमा मात्र प्रयोग नगरेको बताउँछन्। उनी भन्छन्, ‘फिल्ममा एकदम काँचो किसिमले द्वन्द्व प्रस्तुत भएको छ। एउटा मानिसले जीवनमा गर्न सक्नेभन्दा बाहिर गएर द्वन्द्वलाई देखाइएको छैन।’ आफूले बनाएका विगतका फिल्मबाट सिकेको पाठलाई ‘एक’मा प्रयोग गरेको उनको भनाइ छ।

तर, अब विगतका नेपाली फिल्मसँग मात्रै तुलना गरेर नयाँ फिल्म टिक्नेवाला छैनन्। नेपाली दर्शकको विदेशी सिनेमामा पहुँच बढेको छ। गुणस्तरीय उपकरणहरुबाट खिचिने ती फिल्मले दृश्यलाई हेर्ने दृष्टिकोण पनि बदलिदिन्छन्। कथा नवीन नभए पनि दृश्यांकनले दर्शक तान्छ। दर्शकका लागि छनोट पनि धेरै छन्। आफ्नो स्वादअनुसार फिल्म हेर्छन्।

‘फिल्म बनाउनेले आफूले पर्दामा कस्तो सिनेमा हेर्न चाहन्छ र दर्शकलाई कस्तो सिनेमा देखाउन चाहन्छ भन्ने हुन्छ,’ पण्डित भन्छन्, ‘फिल्ममेकरले आफूलाई सब्जेक्टको रुपमा मान्यो भने पर्दामा आफूले देख्न चाहेको सिनेमा बनाउँछ। आफूलाई अब्जेक्टको रुपमा मानेमा अरुले देख्न चाहेको फिल्म बनाउँछ। म सब्जेक्टिभ फिल्म मेकर हो।’

मनोजले ‘एक’को छायांकन तराईका जिल्लामा मात्र भने गरेका छैनन्। फिल्ममा तराईदेखि डोल्पासम्मका दृश्य समावेश छन्। ती दृश्यले एकताको सन्देश दिने उनी बताउँछन्। यी सबै ठाउँमा उनले स्थानीयलाई पनि फिल्ममा सामेल गराउने प्रयास गरेका छन्।

मनोजले ‘एक’को छायांकन तराईका जिल्लामा मात्र गरेका छैनन्। फिल्ममा तराईदेखि डोल्पासम्मका दृश्य समावेश छन्। ती दृश्यले एकताको सन्देश दिने उनी बताउँछन्। यी सबै ठाउँमा उनले स्थानीयलाई पनि फिल्ममा सामेल गराउने प्रयास गरेका छन्। मुख्य पात्र बाहेकका कलाकारहरुको रुपमा पण्डितले स्थानीयसँग काम गरे।

‘सबैभन्दा कठिन कुरा बाहिरबाट गएका मानिसले स्थानीयलाई लिएर फिल्म बनाउनु हो,’ पण्डित भन्छन्, ‘उनीहरुको लागि हामी स्वीकार्य नबन्दासम्म काम गर्न सकिदैन। फिल्मको छायांकन गर्दा हामीलाई जोखिमसँगै अवसर पनि थियो। स्थानीय कलाकारसँग काम गर्दा उनीहरुलाई हामीले प्रयोग गरेको हो भन्ने सन्देश जान्छ भन्ने डर पनि थियो।’

यस्तै एउटा घटना छायांकनकै क्रममा भयो। अभिनेता प्रमोद अग्रहरी ‘स्वतन्त्र मधेश’को मुद्दा बोकेर हिँडेको पात्रको भूमिकामा छन्। सिनेमाको एक दृश्यमा अग्रहरी तथा मधेश नेपालकै भूमि हो र अब पनि त्यही हुनुपर्छ भन्ने विचार बोक्ने पात्रबीचको द्वन्द्व देखाइएको छ। त्यसका लागि ‘मधेश नेपाल नै हो’ भन्ने विचार बोक्ने कलाकार खोज्दै थिए, पण्डित। एक जना भेटिए, तर खोजेभन्दा ठीक विपरीत। ‘उनको विचार सिके राउतसँग मिल्ने जस्तै रहेछ,’ पण्डित भन्छन्, ‘स्वतन्त्र मधेशकै मुद्दा बोकेका रहेछन्। उनीसँग अभिनय गराउने कुरामा बहस भयो। तर, पात्रको रुपमा देखिने कलाकारको विचार ठीक विपरीत भएपछि खेलाउने कुरा पनि भएन। उनको विकल्प खोजेँ।’ 

स्थानीय पात्रसँग काम गर्न अर्को पनि समस्या थियो। ‘काठमाडौंले मधेशलाई प्रयोग गरिरहन्छ’ भन्ने गुनासाे प्राय: सुनिन्छ।आफ्नो कामले पनि स्थानीयमाझमा यस्तै सन्देश पुर्‍याउला भन्नेमा उनी सचेत थिए। मधेशमा बढी मात्रामा चल्ने हिन्दी, भोजपुरीभन्दा फरक नेपाली भाषाको फिल्म बनाउँदै थिए, उनी। त्यसकारण पनि जोखिम थियो।

यो फिल्म असोज २१ मा ओटीटी (ओभर द टप) माध्यमहरुमार्फत प्रदर्शन हुँदै छ। कोभिड कहरपछि बल्ल खुलेका सिनेमा हलमा दर्शक नआउने त्रासले धेरै निर्देशकले फिल्म प्रर्दशन गर्न हिचकिचाइरहेको बेला पण्डित भने नेपालमा स्थापित हुनै बाँकी ओटीटीमार्फत आफ्नो फिल्म प्रदर्शन गर्दैछन्। ‘अबको समय भनेको डिजिटल माध्यमकै हो,’ पण्डित आफ्नो फिल्म ओटिटीमा प्रदर्शन गर्नुको कारण खुलाउँछन्, ‘कोही न कोहीले त गर्नैपर्थ्यो। त्यो रिस्क मैले लिइरहेको छु।’

प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८  ०८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्