काठमाडौं– नेपाली कांग्रेस सिन्धुपाल्चोकको वडा अधिवेशन भोलि (मंगलबार) हुने भएको छ। आइतबार बसेको जिल्ला कार्यसमितिको बैठकले पार्टीको वडा तहदेखि जिल्ला तहसम्मको अधिवेशन तोकिएको समयमै आयोजना गर्ने निर्णय गरेको हो।
जिल्लाका १०३ वटै वडामा मंगलबार पार्टीको अधिवेशन आयोजना गर्ने निर्णय गरिएको जिल्ला सभापति विकास लामाले जानकारी दिए।
सबै वडामा निर्वाचन अधिकृत खटिसकेको र सर्वसम्मतिको प्रयास गरिने जनाइएको छ। गत बुधबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले काठमाडौँ, मोरङ, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाजुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको थियो।
कांग्रेसले अझै पनि १३ जिल्लाअन्तर्गत प्रदेश २ का आठ जिल्ला र रसुवा, डोल्पा, बाँके, कैलाली र सुर्खेतको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको छैन। पार्टीले ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।