काठमाडौं- बडा दसैं र तिहारको अवसरमा वेस्टर्न युनियन मनि ट्रान्सफरले नेपालमा 'क्यास उत्सव' प्रवर्द्धन योजना ल्याएको छ। यस योजनाअन्तर्गत ग्राहकहरुले असोज १ गतेदेखि कात्तिक २५ गतेसम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्रमार्फत् नगद पुरस्कार जित्नसक्ने कम्पनीले जनाएको छ।
यो प्रवर्द्धनमा सहभागी हुन नेपालमा रहेका वेस्टर्न युनियनका सात वटा मुख्य एजेन्ट- एटीटी रेमिट, सीजी फिन्को, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक र सूर्य रेमिटबाट रकम प्राप्त गरेको हुनुपर्ने कम्पनीको भनाइ छ।
'सम्पूर्ण योग्य कारोबार स्वचालित रुपमा साप्ताहिक ड्र मा समावेश हुनेछ। यो योजनाअन्तर्गत हरेक हप्ता पाँच जना भाग्यशाली विजेताले २० हजार रुपैयाँ जित्ने छन्। यसबाहेक, प्रवर्द्धन अवधिभर सम्पूर्ण योग्य कारोबारहरु स्वचालित रुपमा बम्पर लक्की ड्र मा समावेश हुने छन्,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यस योजनाको बम्पर लक्की ड्र मङ्सिर ६ गते सार्वजनिक गरिनेछ। जसमा एक जना भाग्यशाली विजेताले पाँच लाख रुपैयाँ जित्न सक्नेछ। हरेक उपहार रकममा नेपाल सरकारको नियमबमोजिम २५ प्रतिशत कर कट्टा गरी भुक्तनी दिइने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।