• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

भीम आचार्यलाई प्रश्न– ‘विपक्षीले अल्टिमेटम दिइसके, विश्वासको मत लिनुहुन्छ?’

64x64
बीपी अनमोल शुक्रबार, असोज १, २०७८  १९:१९
1140x725

काठमाडौं– नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको पाँच दलीय (प्रदेशको विपक्षी) गठबन्धनले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यलाई विश्वासको मत लिन असोज ८ गतेसम्मको समयसीमा दिएको छ। 

मुख्यमन्त्री आचार्यले सपथ लिएको ३० दिन पुग्ने दिन, असोज ८ गतेभित्र विश्वासको मत लिनुपर्ने भन्दै विपक्षी गठबन्धनले मिति नै तोकेर बिहीबार अल्टिमेटम दिएको हो। गत भदौ १० गते बहुमतप्राप्त नेकपा एमालेको संसदीय दलको नेताका रुपमा मुख्यमन्त्री नियुक्त भएका आचार्यले सोही दिन पद तथा गोपनीयताको शपथ लिएका थिए। 

विपक्षी गठबन्धनले मुख्यमन्त्री आचार्यले समयसीमा भित्रै विश्वासको मत नलिए अविश्वासको प्रस्ताव ल्याउने चेतावनीसमेत दिएको छ। गठबन्धनको एक घटक, माओवादी केन्द्रका नेता इन्द्र आङ्बोले शुक्रबार मुख्यमन्त्री आचार्यलाई भेटेरै अल्टिमेटम दिएको जानकारी दिँदै एमाले विभाजन भएपछि आचार्यले विश्वासको मत लिनुपर्ने र शपथ लिएको ३० दिन (असोज ८) भित्र विश्वासको मत लिनैपर्ने जानकारी आफूहरुले गराएको बताए। आङबोले नेपाल लाइभसँग भने, ‘यदि उहाँले त्यतिन्जेलसम्म विश्वासको मत लिनु भएन भने गठबन्धनबाट अविश्वासको प्रस्ताव ल्याएर हटाउँछौ।’ 

एमालेको एकल बहुमतका आधारमा मुख्यमन्त्री बनेका आचार्य एमाले विभाजन भएर १० जना प्रदेश सभा सदस्य एकीकृत समाजवादीमा लागेसँगै अल्पमतमा परेका हुन्। प्रदेश सभामा भदौ २६ गते नै एकीकृत समाजवादी दर्ता भएको जानकारी सो दलले गराइसकेको छ। त्यस्तै भदौ २८ गते एकीकृत समाजवादीले प्रदेश संसदीय दल गठन गर्दै सोही दिन सरकारलाई आफ्नो समर्थन नरहेको जानकारी प्रदेश सभा सचिवालयलाई गराएको थियो। यसबीचमा मुख्यमन्त्री आचार्यले भने मन्त्रिपरिषद् विस्तारसमेत गरिरहेका छन्। 

विपक्षी गठबन्धनले अल्टिमेटम नै दिइसकेपछि अब उनले त्यो समयसीमाभित्र विश्वासको मत लिन्छन् त? हामीले यही प्रश्न मुख्यमन्त्री आचार्यलाई सोध्यौं। आचार्यले अहिले विश्वासको मत लिने मनस्थिति केही नबनाएको बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

‘साथीहरुले नमागेकै सल्लाह दिनु भएको छ,’ आचार्यले नेपाल लाइभसँग भने, ‘उहाँहरुलाई धन्यवाद। तर, म संविधान, कानुन, विधि र प्रक्रिया अनुसार नै अघि बढ्ने हो।’

आचार्यले आफू अल्पमतमा परेको दिनदेखि समय गणना हुने हुँदा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बताए। ‘त्यतिञ्जेल हतार गर्नुपर्ने के छ र?’, उनले भने। 

प्रदेश १ सरकारको सिफारिसमा प्रदेश प्रमुखले असोज २२ गते प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गरिसकेका छन्। एमालेका प्रदेश सभा सदस्यहरुले एकीकृत समाजवादी रोजेको त्यहीबेला एक महिना पुग्छ। मुख्यमन्त्री आचार्य त्यतिञ्जेल कुनै ‘निर्णय नगर्ने’ मूडमा छन्। ‘२२ गते अधिवेशन बोलाइएको छ। त्यसपछि प्रक्रिया सुरु हुन्छ,’ मुख्यमन्त्री आचार्यका प्रेस सल्लाहकार देवेन्द्र कार्कीले भने, ‘विपक्षी दलहरुले चाहिँ आफ्नै हिसाबले एमाले विभाजन भएको दिन गनेर ३० दिन पुग्ने दाबी गर्नुभएको होला।’

Xtrem
Xtrem

आचार्यले विपक्षी गठबन्धनको अल्टिमेटम अनुसार विश्वासको मत नलिने संकेत गर्दै भने, ‘असोज २२ गते प्रदेश सभाको अधिवेशन आह्वान भइसकेको छ, हामी प्रक्रियाअनुसार नै अघि बढ्छौं।’ 
विश्वासको मत लिँदा वा विपक्षी गठबन्धनले ल्याउने अविश्वास प्रस्तावको सामना गर्दा पनि मुख्यमन्त्री आचार्यलाई सरकार जोगाउन प्रदेश सभामा तत्काल कायम ९२ सदस्यमध्ये ४७ सदस्यको समर्थन आवश्यक पर्छ। एमालेका ५१ सदस्य रहेकोमा १० जनाले एकीकृत समाजवादी रोजिसकेकाले अब एमालेसँग सभामुखसहित ४१ सदस्य मात्र छन्। सभामुखलाई पक्ष र विपक्षमा बराबर मत भएको अवस्थामा मात्रै निर्णायक मत दिने अधिकार हुन्छ। प्रदेश सभामा विपक्षी गठबन्धनका कांग्रेससँग २१, माओवादीसँग १५, एकीकृत समाजवादीसँग १० र जनता समाजवादी पार्टी (जसपा)सँग ३ सदस्य छन्। यो सरकार निर्माण गर्न स्पष्ट बहुमत हो।

गठबन्धनबाट मुख्यमन्त्रीमा एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई अघि सार्ने तयारी छ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नै शुक्रबार प्रदेश १ मा आफ्नै पार्टीका नेता मुख्यमन्त्री भएको केही दिनभित्रै देखिने बताएका छन्। ‘प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री नयाँ भएको केही दिनभित्रै देख्नु हुन्छ,’ शुक्रबार काठमाडौंमा केन्द्रीय कार्यालय उद्घाटन गर्दै नेपालले भने, ‘समाजवादीकै कुनै नेता मुख्यमन्त्री हुनुहुन्छ। को हुनुहुन्छ, त्यो केही दिनभित्रै थाहा पाउनुहुन्छ।’  

प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८  १९:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बैठकमा उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावको विरोधमा कुनै पनि सूचना प्राप्त नभएपछि मन्त्री लम्सालले विधेयक पेश गरेका हु... बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री श्रेष्ठले बेपत्ताहरूको खोजी कार्य जारी राख्दै प्रभावितहरूको जीवन साम... बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा झिकाए... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्