• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

भीम आचार्यलाई प्रश्न– ‘विपक्षीले अल्टिमेटम दिइसके, विश्वासको मत लिनुहुन्छ?’

64x64
बीपी अनमोल शुक्रबार, असोज १, २०७८  १९:१९
1140x725

काठमाडौं– नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको पाँच दलीय (प्रदेशको विपक्षी) गठबन्धनले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यलाई विश्वासको मत लिन असोज ८ गतेसम्मको समयसीमा दिएको छ। 

मुख्यमन्त्री आचार्यले सपथ लिएको ३० दिन पुग्ने दिन, असोज ८ गतेभित्र विश्वासको मत लिनुपर्ने भन्दै विपक्षी गठबन्धनले मिति नै तोकेर बिहीबार अल्टिमेटम दिएको हो। गत भदौ १० गते बहुमतप्राप्त नेकपा एमालेको संसदीय दलको नेताका रुपमा मुख्यमन्त्री नियुक्त भएका आचार्यले सोही दिन पद तथा गोपनीयताको शपथ लिएका थिए। 

विपक्षी गठबन्धनले मुख्यमन्त्री आचार्यले समयसीमा भित्रै विश्वासको मत नलिए अविश्वासको प्रस्ताव ल्याउने चेतावनीसमेत दिएको छ। गठबन्धनको एक घटक, माओवादी केन्द्रका नेता इन्द्र आङ्बोले शुक्रबार मुख्यमन्त्री आचार्यलाई भेटेरै अल्टिमेटम दिएको जानकारी दिँदै एमाले विभाजन भएपछि आचार्यले विश्वासको मत लिनुपर्ने र शपथ लिएको ३० दिन (असोज ८) भित्र विश्वासको मत लिनैपर्ने जानकारी आफूहरुले गराएको बताए। आङबोले नेपाल लाइभसँग भने, ‘यदि उहाँले त्यतिन्जेलसम्म विश्वासको मत लिनु भएन भने गठबन्धनबाट अविश्वासको प्रस्ताव ल्याएर हटाउँछौ।’ 

एमालेको एकल बहुमतका आधारमा मुख्यमन्त्री बनेका आचार्य एमाले विभाजन भएर १० जना प्रदेश सभा सदस्य एकीकृत समाजवादीमा लागेसँगै अल्पमतमा परेका हुन्। प्रदेश सभामा भदौ २६ गते नै एकीकृत समाजवादी दर्ता भएको जानकारी सो दलले गराइसकेको छ। त्यस्तै भदौ २८ गते एकीकृत समाजवादीले प्रदेश संसदीय दल गठन गर्दै सोही दिन सरकारलाई आफ्नो समर्थन नरहेको जानकारी प्रदेश सभा सचिवालयलाई गराएको थियो। यसबीचमा मुख्यमन्त्री आचार्यले भने मन्त्रिपरिषद् विस्तारसमेत गरिरहेका छन्। 

विपक्षी गठबन्धनले अल्टिमेटम नै दिइसकेपछि अब उनले त्यो समयसीमाभित्र विश्वासको मत लिन्छन् त? हामीले यही प्रश्न मुख्यमन्त्री आचार्यलाई सोध्यौं। आचार्यले अहिले विश्वासको मत लिने मनस्थिति केही नबनाएको बताए। 

Ncell 2
Ncell 2

‘साथीहरुले नमागेकै सल्लाह दिनु भएको छ,’ आचार्यले नेपाल लाइभसँग भने, ‘उहाँहरुलाई धन्यवाद। तर, म संविधान, कानुन, विधि र प्रक्रिया अनुसार नै अघि बढ्ने हो।’

आचार्यले आफू अल्पमतमा परेको दिनदेखि समय गणना हुने हुँदा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बताए। ‘त्यतिञ्जेल हतार गर्नुपर्ने के छ र?’, उनले भने। 

प्रदेश १ सरकारको सिफारिसमा प्रदेश प्रमुखले असोज २२ गते प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गरिसकेका छन्। एमालेका प्रदेश सभा सदस्यहरुले एकीकृत समाजवादी रोजेको त्यहीबेला एक महिना पुग्छ। मुख्यमन्त्री आचार्य त्यतिञ्जेल कुनै ‘निर्णय नगर्ने’ मूडमा छन्। ‘२२ गते अधिवेशन बोलाइएको छ। त्यसपछि प्रक्रिया सुरु हुन्छ,’ मुख्यमन्त्री आचार्यका प्रेस सल्लाहकार देवेन्द्र कार्कीले भने, ‘विपक्षी दलहरुले चाहिँ आफ्नै हिसाबले एमाले विभाजन भएको दिन गनेर ३० दिन पुग्ने दाबी गर्नुभएको होला।’

आचार्यले विपक्षी गठबन्धनको अल्टिमेटम अनुसार विश्वासको मत नलिने संकेत गर्दै भने, ‘असोज २२ गते प्रदेश सभाको अधिवेशन आह्वान भइसकेको छ, हामी प्रक्रियाअनुसार नै अघि बढ्छौं।’ 
विश्वासको मत लिँदा वा विपक्षी गठबन्धनले ल्याउने अविश्वास प्रस्तावको सामना गर्दा पनि मुख्यमन्त्री आचार्यलाई सरकार जोगाउन प्रदेश सभामा तत्काल कायम ९२ सदस्यमध्ये ४७ सदस्यको समर्थन आवश्यक पर्छ। एमालेका ५१ सदस्य रहेकोमा १० जनाले एकीकृत समाजवादी रोजिसकेकाले अब एमालेसँग सभामुखसहित ४१ सदस्य मात्र छन्। सभामुखलाई पक्ष र विपक्षमा बराबर मत भएको अवस्थामा मात्रै निर्णायक मत दिने अधिकार हुन्छ। प्रदेश सभामा विपक्षी गठबन्धनका कांग्रेससँग २१, माओवादीसँग १५, एकीकृत समाजवादीसँग १० र जनता समाजवादी पार्टी (जसपा)सँग ३ सदस्य छन्। यो सरकार निर्माण गर्न स्पष्ट बहुमत हो।

गठबन्धनबाट मुख्यमन्त्रीमा एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई अघि सार्ने तयारी छ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नै शुक्रबार प्रदेश १ मा आफ्नै पार्टीका नेता मुख्यमन्त्री भएको केही दिनभित्रै देखिने बताएका छन्। ‘प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री नयाँ भएको केही दिनभित्रै देख्नु हुन्छ,’ शुक्रबार काठमाडौंमा केन्द्रीय कार्यालय उद्घाटन गर्दै नेपालले भने, ‘समाजवादीकै कुनै नेता मुख्यमन्त्री हुनुहुन्छ। को हुनुहुन्छ, त्यो केही दिनभित्रै थाहा पाउनुहुन्छ।’  

प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८  १९:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान यही पुस ३० गतेभित्र इच्छुक उम्मेदवारलाई सम्पर्क गर्न सो पार्टीले आह्वान जारी गरेको प्रवक्ता डा राजु थापाले जानकारी दिए । शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ ‘म आफैं एउटा उपाध्यक्ष त्यो पनि वरीयतामा तल रहेर पनि सहेर गएको थिएँ । अन्तिम चरणमा मैले एउटा प्रस्ताव पनि गरेको थिएँ,’ घिसिङले भने,... शनिबार, पुस २६, २०८२
‘पहिले देश नबनेकोमा चिन्ता थियो, अहिले देश नरहने भन्ने चिन्ता छ’: ज्ञानेन्द्र शाह सन्देशमा उनले भनेका छन्, ‘हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ।’ पूर्वराजा शाहले सबै जात,... शनिबार, पुस २६, २०८२
ताजा समाचारसबै
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ शनिबार, पुस २६, २०८२
पूर्वराज्यमन्त्री चौधरीको निधन शनिबार, पुस २६, २०८२
‘पहिले देश नबनेकोमा चिन्ता थियो, अहिले देश नरहने भन्ने चिन्ता छ’: ज्ञानेन्द्र शाह शनिबार, पुस २६, २०८२
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा शनिबार, पुस २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान शुक्रबार, पुस २५, २०८२
कांग्रेसभित्रको विवाद उत्कर्षमा: संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्