काठमाडौं- वृज सिमेन्ट इण्डस्ट्रिज प्रालिको वृज एक्सपर्ट मेसन क्लब प्रभावकारी बन्दै गएको छ। क्लबमा आबद्ध सदस्यलाई घरले च्यापिएर मृत्यु भएकाको परिवारलाई कम्पनीले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
गत जेठ ८ गते क्लबका सदस्य प्युठान जिल्ला नौबहिनी गाउँपालिका-१ स्याउलीवाङका ३९ वर्षीय बोमबहादुर मल्ल, उनकी श्रीमती र छोरा गरी तीनजनाको घरले च्यापिएर मुत्यु भएको थियो। उक्त परिवारलाई वृज सिमेन्टले पाँच लाख रुपैयाँ बिमाबापतको रकम हस्तान्तरण गरेको जनाएको छ।
कम्पनीका एरिया सेल्स म्यानेजर नारायण जिसीले मृतककी छोरी कुमारी मल्ललाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए। कम्पनीले वृज सिमेन्ट एक्सपर्ट मेसन क्लब स्थापना गरी क्लबमा आबद्व सदस्यहरुको पाँच लाख बराबरको बिमा योजना अगाडि बढाएको छ।
देशका विभिन्न स्थानहरुमा एक्सपर्ट मिट कार्यक्रम गर्दै निर्माणकर्मीहरुलाई 'एक्सपर्ट मेसन क्लब'मा आबद्ध गरेर बिमासहितका थप सुविधाहरु प्रदान गर्दै आएको कम्पनीका सेल्स म्यानेजर नुमेन्द्र पौडेलले जानकारी दिए। कम्पनीले आफ्नो सामाजिक उत्रदायित्वको भूमिका निर्वाह गर्न र निर्माणकर्मीको परिवारको पनि सुरक्षाको जिम्मेवारीको महसुस गरी कार्यक्रम ल्याएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।