काठमाडौं– नेपाली कांग्रेसको काठमाडौं जिल्ला समितिले वडा अधिवेशनका लागि तयारी सुरु गरेको छ।
अधिवेशनको तयारीका लागि काठमाडौं जिल्ला कार्य समितिको शुक्रबार बैठक बसेको छ। जिल्ला पार्टी कार्यालय ज्ञानेश्वरमा बसेको बैठकले अधिवेशनमा लाग्ने निर्णय गरिएको छ।
काठमाडौंका सबै वडामा शनिबारदेखि निर्वाचन अधिकृत खटिने बताइएको छ। वडा अधिवेशन असोज ५ का लागि तोकिएको छ।
काठमाडौं महानगरसहित काठमाडौंमा ११ वटा नगरपालिका छन्। जिल्लाभर कुल १३८ वडा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।