• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष
पठन अनुभूति

पाठ्यपुस्तकमा भेटिन्छन् गान्धी र पृथ्वीनारायण, किन पढाइँदैन अम्बेडकर र बिसे नगर्ची?

64x64
धनु विश्वकर्मा शनिबार, असोज २, २०७८  ०७:०१
1140x725

केही दिनअघि मेरो हातमा एउटा किताब परेको थियो, ‘ती विद्रोही ती महात्मा।’  नामको मुनि सानो अक्षरले लेखिएको थियो, ‘अम्बेडकर–गान्धी बहस।’

अरुन्धती रोयका बारेमा धेरै सुनेको, तर थोरै पढेकी थिएँ। यो अनुवादित कृतिको पाना पल्टाउन सुरु गर्दा भूमिकाबाटै प्रभावित भएँ। मैले पढिरहेका कवि विनोदविक्रम केसी र पत्रकार नरेश ज्ञवालीले अरुन्धतीको ‘द डक्टर एन्ड द सेन्ट’ निबन्ध संग्रहलाई अनुवाद गरेका थिए। पुस्तकको भूमिका अरुन्धती र विनोदविक्रम केसीले लेखेका छन्।

‘भारतीय साम्राज्यवाद, पुँजीवाद, राष्ट्रवाद, धार्मिक र अतिवादलगायत वर्तमान विश्वको घातक खराबीविरुद्ध आख्यान र गैरआख्यानका अक्षरीय हतियार प्रयोग गरेर लडिरहेकी’ रायको कृति नेपाली पाठकमाझ आएको केही समय मात्रै भएको छ। पुस्तक पढिरहँदा नेपालका कतिपय घटना ताजा भएर दिमागमा आए।

अन्तरजातीय प्रेमकै कारण नवराज विक र अरू साथीहरू कलिलो उमेरमै भेरीको भेलमा समाहित भए। दलित भएकै कारण कोठा भाडामा नपाउँदा रुपा सुनारले न्यायका निम्ति कानुनी लडाइँ लड्नु पर्‍यो। यस्तो बेला भूमिकामा लेखकद्वयले भनेजस्तो– अरुन्धतीलाई पढ्ने बेला यही हो, अम्बेडकरलाई पढ्ने बेला यही हो। र, पढेर बसिरहने बेला मात्र चाहिँ होइन, अत्याचारविरुद्ध एक भएर लड्ने बेला पनि हो।

‘बुद्धि विलासी’हरू घटनाको पक्ष र विपक्षमा बहस गरिरहन्छन्। त्यस्तो बहस घटना केन्द्रित हुन्छ। तर, न्याय र समानताको विषय उठ्दैन। कसैले पनि यी घटनाको मुख्य कारण ‘जात व्यवस्था’ नै हो भनेर किटान गर्दैन। 

अरुन्धतीको पुस्तक पढ्नुअघि मैले आहुतिको ‘जात वार्ता’ पढेकी थिएँ। त्यसअघिसम्म मलाई लाग्थ्यो– ‘दक्षिण एशियामा रहेकोे जातीय छुवाछुत केवल संस्कारभित्रको समस्या होे।’ अहिले यो भ्रमबाट थोरै मुक्त भएकी छु। यी पुस्तकले चेत दिएका छन्– जातीय विभेदभित्र राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक र वैचारिक आयाम पनि हुन्छन्।

जातीय मुक्तिका लागि अघि बढेका व्यक्तिको स्मरण गर्दा सर्वजीत विश्वकर्माबाहेक कसैको नाम दिमागमा आएन। आओस् पनि कसरी? न कक्षा कोठाभित्र पढ्न पाइन्छ, न बाहिर। हाम्रा पाठ्यक्रमले गैरदलित चिटिक्क परेका सफा सुग्घर कपडा लगाएका र दलित भनेको गरिब, झुत्रो लुगा लगाएको व्यक्ति भनेर चित्रित गर्छन्। मलाई यस्तै बेला आहुतिको कविता ‘ताराबाजी लै लै’ बेस्सरी याद आउँछ। 

अरुन्धतीको पुस्तकको भूमिकामा भनिएको छ, ‘मलाला युसुफजाईलाई चिन्नहुन्छ, तर सुरेखा भोतमाँगेलाई चिन्नुहुन्न भने तपाईँले अम्बेडकर पढ्नुपर्छ।’

Ncell 2
Ncell 2

यो वाक्यले मेरो मस्तिष्कको घण्टी यति जोडले बज्यो कि मैले नेपाल ‘एकीकरणका नायक’ पृथ्वीनारायण शाह र उनीसँग जोडिएका बिसे नगर्ची सम्झिन पुगें। पृथ्वीनारायण शाह हरेक पाठ्यक्रममा टाँसिएका छन्। उनको वीर गाथा पुस्तौं–पुस्तादेखि हरेक ओठले गुन्गुनाइरहेछ।  तर, पृथ्वीनारायणहरु भएको ठाउँमा बिसे नगर्चीहरू भेटिँदैनन्। 

अरुन्धतीले अम्बेडकर खोजेजस्तो कसले खोज्ला विसे नगर्ची?

नारायण पोखरेलको भागवत गीताको वाचन जनजनमा भेटिन्छ। तर, सर्वजित विश्वकर्माले त्यसअघि नै पढेको भागवत गीताको वाचन खै? उनी भागवत गीताको ज्ञान लिने पहिलो दलित थिए। त्यस्तो ज्ञान उनले नारायण पोखरेलभन्दा धेरैअघि वनारस पुगेर लिएका हुन्। 

१०४ वर्षे कठोर राणाकालीन समयमा उत्पीडनविरुद्ध ‘सामाजिक जागरण’का लागि संघर्ष गर्ने एक मात्र दलित व्यक्ति हुन्, भगवत सर्वजीत विश्वकर्मा। धर्म र शास्त्रका नाममा दलितमाथि गरिएको विभेदविरूद्ध लड्न पहिला उनी आफैंले धर्मशास्त्र अध्ययन गरे। भारतको बनारस गई हिन्दू धर्म शास्त्रका वेद, उपनिषद र स्मृतिहरू पढे। भारतबाट फर्किएपछि सबै वर्गले समान रूपमा पढ्न पाउनुपर्छ भनी बाग्लुङ हिलियापानीमा हिक्मतसिंह विश्वकर्माको सहयोगमा आजभन्दा ७२ वर्षअघि नै ‘विश्वकर्मा’ नामबाट विद्यालय खोले। उक्त विद्यालय अहिले ‘विश्वकर्मा उच्च मावि’ भएको छ। 

उनको सक्रियतामा विश्व सर्वजन संघ, टेलर यूनियन र पशुपति संघर्ष समिति नामक संस्था खुले। यसरी उनी धार्मिक एवम् सांस्कृतिक एकता र समानताको लागि लड्ने दलित आन्दोलनको प्रणेता बने। तर, राज्यसत्ता र समाज हात बाँधेर बस्यो। न कोही उनलाई पछ्याउने भए, न राज्य संयन्त्रले उनको मागलाई सम्बोधन गर्‍यो। त्यति बेला मन्दिर पस्न नपाएका, सार्वजनिक कार्यक्रममा अलग्याइएका विषयमा उनको विरोध थियो। उनको ज्ञान र जागरणका नाराहरू कसैको खोजीको विषय बनेनन्। बरु सरकारले उनलाई चुप लगाउन उनको नामको हुलाक टिकट बनायो र त्यतिमै सीमित राख्यो। 

‘जात व्यवस्थामाथि अम्बेडकरको विद्रोहपछि अहिले आएर भारतले पहिलो दलित राष्ट्रपति पाएको छ। दलित प्रधानन्यायाधीश पाएको छ। उत्तर प्रदेशको मुख्यमन्त्री चार–चार पटक दलित एकल महिला भइन्,’ पुस्तकमा अरुन्धतीले केही उपलब्धि पेश गरेकी छिन्। तर, यता नेपालको दलित इतिहास लाज लाग्दो छ। उल्लेख गर्न लायक कुनै उपलब्धि छैन।

मैले अम्बेडकरको नाम धेरैपछि मात्र सुनेकी हुँ। साच्चै भन्दा रुकुम नरसंहारपछि मात्र दिमागमा घुस्ने गरी सुनेकी र बुझेकी हुँ। तर, गान्धीको नाम त स्कुल जीवनदेखि नै थाहा पाइयो। उनको इतिहास घोक्दै, घोकाइँदै आएको सम्झना ताजै छ। अबका मेरा भाइबहिनीहरूले गान्धीसँगै अम्बेडकर बुझ्नुपर्छ। पृथ्वीनारायणसँगै बिसे नगर्ची चिन्नुपर्छ।

‘हिन्द स्वराजले गान्धीलाई परिभाषित गर्छ भने जात व्यवस्थाको विनाशले अम्बेडकरलाई परिभाषित गर्छ। गान्धी जात व्यवस्थाको तहगत संरचनाको विरोधी थिए। जातीय छुवाछुतका विरोधी थिए। तर, अचम्म! जात व्यवस्थालाई भने यथावत् राख्न चाहान्थे। खै, उनले जात व्यवस्थाभित्र कस्तो सहिष्णुता देखेका थिए कुन्नि?’ अरुन्धतीको प्रश्न छ। 

आहुतिको ‘जात वार्ता’मा उल्लेख भए अनुसार सन् १९५० जनवरी २६ बाट लागू गरिएको भारतको संविधान निर्माणमा अम्बेडकरको अहम् भूमिका छ। उनकै अध्यक्षतामा स्वतन्त्र भारतको नयाँ संविधान बनाउने समिति गठन भएको थियो। उनले नै संविधानमा ‘आरक्षणको व्यवस्था’ गरेका थिए। ‘आरक्षणको व्यवस्था’ भारतमा करिब ७१ वर्षअघि नै लागू भइसकेको रहेछ, जतिबेला नेपालमा अहिलेका ठूला दलहरू भर्खर खुल्ने क्रममा थिए।

नेपालमा जातीय विभाजनलाई कानुनी मान्यता दिएर समाजलाई असहिष्णु र हिंसाको बाटोमा हिँडाउने काम जङ्गबहादुर राणाले गरे। उनले ‘मुलुकी ऐन १९१०’ जारी गरी जातीय छुवाछुतलाई वैधानिकता दिए। राणा शासनविरुद्ध लडे पनि नेपालमा कुसंस्कारको रुपमा रहेको छुवाछुत हटाउन बीपी कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई कसैले उल्लेख्य भूमिका खेलेको हामी पाउँदैनौँ। न मदन भण्डारी बोले, न अन्य कम्युनिष्ट नेताले नै घनिभूत आवाज उठाएको पाउछौँ। दलितलाई सोपान बनाएर माथि चढे पनि ‘विभेदको जरो जात व्यवस्था हो’ भन्न कसैले सकेनन्।  न नेपालका नेताले माने, न भारतमा गान्धीले नै स्वीकार गरे।

नेपालमा २०६२/६३ सालको आन्दोलन पश्चात् आरक्षणको व्यवस्था भएको हो। अहिले दलितका लागि ९ प्रतिशत आरक्षण छुट्याइको छ। तर, भर्खरै सर्वोच्च अदालतले गरेको फैसलाले आशंका उब्जाएको छ। फैसलामा भनिएको छ– ‘आरक्षण जातका आधारमा नभएर वर्गका आधारमा दिनुपर्छ।’ अहिलेको आरक्षण ‘तरमारा वर्ग’ले लिएको अदालतले जनाएको छ। आरक्षण दलितमाथि भएको दमनको क्षतिपूर्ति हो। यो तत्कालीन विषय मात्र हो। तर, यसैमा पनि लफडा सुरु भइसकेको छ।

दलितका लागि बीस वर्षसम्म पृथक निर्वाचन गर्ने निर्णय पनि भएको थियो। तर, गान्धीले ‘म एक्लै भए पनि ज्यानको बाजी लगाएर विरोध गर्नेछु’ भन्दै कारागारबाट अनसन सुरु गरे। यसबाट गान्धी प्रस्ट रूपमा आरक्षण विरोधी थिए भन्ने बुझिन्छ।

भारतमा सन् १९३० मा अंग्रेजले दलितलाई दोहोरो मतदानको अधिकार भएको कानुन प्रस्ताव गरेका थिए। तर, त्यसविरुद्ध महात्मा गान्धी अनसन बसे। यहीँबाट गान्धी ‘जात व्यवस्था’ विरोधी थिए कि समर्थक भन्ने प्रस्ट हुन्छ। त्यसैले उनको ‘छुतका लागि सत्याग्रह, अछुतका लागि दुराग्रह’ प्रस्ट देखियो। मेरो पुस्तासम्म केवल गान्धीको गाथा मात्र आइपुगेको छ। दलितमाथि हेर्ने उनको दृष्टिकोण स्पष्ट भेटिँदैन। त्यो चिर्ने प्रयास लेखक अरुन्धति रायले गरेकी छिन्।

अम्बेडकरले राजनीतिक प्रतिनिधित्व गर्न दलितका लागि पृथक निर्वाचन माग गरेका थिए। दलितका लागि बीस वर्षसम्म पृथक निर्वाचन गर्ने निर्णय पनि भएको थियो। तर, गान्धीले ‘म एक्लै भए पनि ज्यानको बाजी लगाएर विरोध गर्नेछु’ भन्दै कारागारबाट अनसन सुरु गरे। यसबाट गान्धी प्रस्ट रूपमा आरक्षण विरोधी थिए भन्ने बुझिन्छ। नेपालमा पनि आरक्षणमाथि पटक–पटक बहस सुरु हुन्छ। ‘कोठा’ नपाएको घटना ‘कोटा’सँग दाँजिन्छ। यसबाट स्पष्ट हुन्छ– हामी कति प्रगतिशील छौँ? 

जसरी भारतमा अम्बेडकरले हिन्दू धर्म त्याग्ने उद्घोषले अन्य हिन्दू सुधारवादीझैं गान्धी पनि भयभित भए र पछि दलितहरूलाई मन्दिर प्रवेश गराए। यही कार्य अहिले नेपालका हिन्दू सुधारवादीहरुले गरिराखेका छन्। जस्तो कि, ललितपुरको गोदावरीको एक मन्दिरमा लक्ष्मण रम्तेललाई पुजारी नियुक्त गरिएको छ। जातीय खाडल पुर्नका लागि नभइ विभेदका कारण धर्मान्तरण गरिरहेकाहरुलाई रोक्न यसो गरिएको हो। कोही दलितलाई पशुपतिकै पूजारी बनाए पनि दलितका मुद्दा सकिन्छन्? दलितलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउँछ? यो त केवल जात व्यवस्थाको प्रश्नलाई राजनीतिक, सांस्कृतिक, सामाजिक, आर्थिक र वैचारिक दृष्टिकोणबाट अलग राख्ने कुरा मात्र हो। 

संसारका अरु देशमा भन्दा फरक दक्षिण एसियामा जातका आधारमा विभेद छ। यो क्षेत्रमा करिब डेढ करोडको संख्यामा रहेका दलितको मुक्तिले आजसम्म बाटो कुरिराखेको छ। अरुन्धती रोयको पुस्तकलाई पाना पल्टाउँदै जाँदा अनेक प्रश्न दिमागमा आइरहे। सिङ्गो भारत ब्रिटिस उपनिवेशविरुद्ध लड्दै गर्दा भारतीय कथित अछुतहरु र तिनका नेता अम्बेडकर जातीय र सामाजिक विभेदविरुद्ध पनि लड्दै थिए। 

भारतमा ‘जात व्यवस्था’मा बहस त्यो बेला नै अम्बेडकरले गरेका थिए। तर, नेपालमा दलितका मुद्दालाई ‘मुखमा मार्क्सवाद र मनमा मनुवाद’ भएकाहरूले कहिले धार्मिक र कहिले राजनीतिक अजेन्डा बनाए। आहुतिले नै यसलाई ‘जात व्यवस्था’ भएको ठोकुवा गरे। अरुन्धतीलाई पढ्नुभन्दा अघि मैले आहुतिको ‘जातवार्ता’ पढेको थिएँ। विषय बुझ्न मलाई त्यसले धेरै सहयोग मिल्यो।

अरुन्धतीले अन्तिम अनुच्छेदमा प्रश्न गरेकी छिन्, ‘जात व्यवस्थाको विनाश हुन सक्छ?’

जवाफ पनि दिएकी छिन्, ‘तबसम्म हुन सक्दैन, जबसम्म हामी आफ्नो भाग्य आफैँ लेख्ने साहस जुटाउँदैनौँ, आकाशका नक्षत्रका विद्यमान अवस्थिति बदल्न सक्दैनौँ, तबसम्म हुन सक्दैन। जबसम्म आफूलाई क्रान्तिकारी भन्नेहरूले ब्राह्मणवादको आलोचना विकास गर्न सक्दैनन्, तबसम्म हुन सक्दैन। जबसम्म ब्राह्मणवाद बुझेकाहरूले पुँजीवादको आलोचनालाई धारिलो बनाउन सक्दैनन्, तबसम्म हुन सक्दैन। बाबुसाहेब अम्बेडकरलाई नपढेसम्म जात व्यवस्थाको विनाश हुन सक्दैन। स्कुल र कलेजका कक्षा कोठाभित्र उनलाई पढ्न पाइँदैन भने कक्षा कोठाबाहिर पढ्नुपर्छ।’

हो, साँच्चै मैले पनि यो पुस्तक कक्षा कोठाबाहिर पढेँ। कोही ‘जात व्यवस्था’ बुझ्न चाहनुहुन्छ भने प्रिय लेखक अरुन्धतीको अनुवादित अम्बेडकर पढ्नुहोस्। तपाईंमा उब्जेको सवालको जवाफको खोजीमा हुनुहुन्छ भने आहुतिको ‘जातवार्ता’ पढ्नुहोस्। किनकि प्रगतिशील चेत अध्ययनबाटै सुरु हुन्छ।

प्रकाशित मिति: शनिबार, असोज २, २०७८  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सोमबार, पुस २८, २०८२
आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने सोमबार, पुस २८, २०८२
काँग्रेसको विशेष महाधिवेशनमा आज बन्द सत्र सुरु हुँदै सोमबार, पुस २८, २०८२
देशभर मौसम मुख्यतया सफा रहने सोमबार, पुस २८, २०८२
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन- ४९ प्रतिशतभन्दा धेरै प्रतिनिधिले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्