काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूबीच सिंहदरबारमा छलफल हुने भएको छ ।
सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा आज बिहान ११ बजे अनौपचारिक छलफल राखिएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
प्रवक्ता झाका अनुसार बैठकमा पार्टी सभापति रवि लामिछाने पनि सहभागी हुनेछन् । भने काठमाडौंमा उपलब्ध सबै सांसदलाई सहभागी हुन भनिएको छ ।
छलफलको विषयवस्तुबारे जानकारी दिइएको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।