काठमाडौं– तत्कालीन एपेक्स बैंकमा भएको करिब एक अर्ब रुपैयाँ घोटालामा संलग्नहरुलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ। करिब तीन साता लामो बयान र थुनछेक बहसपछि आइतबार उच्च अदालत पाटनको वाणिज्य इजलासले पक्राउ परेका सबै २१ जनालाई नै धरौटीमा छाड्ने आदेश दिएको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गत महिना पक्राउ परेका २१ जना तथा एक सय २६ जनालाई फरार अभियुक्त बनाएर उच्च अदालतमा मुद्दा दायर गरेको थियो। कमसल धितो राखेर नक्कली ऋणी खडा गरी बैंकमा घोटाला भएको थियो। सिआइबीले ९६ करोड ७७ लाख ५८ हजार ३ सय ९० रुपैयाँ १० पैसा बिगो दाबी गरी मुद्दा दायर गरेको थियो।
बैंकले ८७ वटा कर्जा प्रवाहमा अनियमितता गरेको थियो। कमसल जग्गाको गलत मूल्यांकन गरी ठगी गर्ने नियतले डेढ अर्ब कर्जा प्रवाह भएको थियो। जसमध्ये करिब ५० करोड मात्र उठेको थियो। एपेक्स बैंक हाल एनसिसी बैंकमा मर्ज भइसकेको छ।
उच्च अदालतको वाणिज्य इजलास अधिकृत दीपक पोखरेलका अनुसार सबैभन्दा धेरै बैंकका तत्कालीन सिइओ मधुवनलाल श्रेष्ठलाई धरौटी माग भएको छ। उनीसँग एक करोड ६७ लाख ५ हजार रुपैयाँ धरौटी मागिएको छ। धरौटी बुझाउन नसकेपछि उनी जेल चलान भएका छन्।
त्यस्तै, बैंकका तत्कालीन अध्यक्ष विष्णुप्रसाद धितालसँग २४ लाख ३० हजार तथा ठेकेदार मनोज भेटवालसँग ५० लाख रुपैयाँ धरौटी माग भएको छ। तत्कालीन निमित्त सिइओ ऋषिराज भट्टसँग ७० लाख ४० हजार, वरिष्ठ प्रबन्धक दुर्गादत्त जोशीसँग ४० लाख ६५ हजार, सहायक महाप्रबन्धक रामचन्द्र बसौलासँग ५४ लाख ७० हजार रुपैयाँ धरौटी माग भएको छ।
यस्तै, तत्कालीन सञ्चालक इच्छाबहादुर गुरुङसँग २० लाख ५ हजार, सुवर्णलाल भण्डारीसँग २२ लाख ५ हजार, छविरमण अधिकारीसँग ४९ लाख ३० हजार रुपैयाँ धरौटी माग भएको छ।
विकास श्रेष्ठसँग ६४ लाख ७५ हजार, सागर नेउपानेसँग ३१ लाख ३० हजार, मानबहादुर राउतसँग ३ लाख ५५ हजार, विनीतमणि उपाध्यायसँग ३ लाख ७५ हजार रुपैयाँ माग भएको छ। सजल बज्राचार्यलाई १० लाख १० हजार, प्रमोद भट्टराईलाई २३ लाख ६० हजार, मूल्यांकन गर्ने नरेश स्वाँरसँग ३१ दाख ३० हजार रुपैयाँ धरौटी माग भएको छ।
सम्पत्ति शुद्धीकरण मुद्दा चल्ने
उनीहरुमध्ये ११ जना धरौटी राख्न नसकेर जेल चलान भएका छन्। धरौटी राखेर छुटेकालाई सिआइबीले फेरि नियन्त्रणमा लिएको छ। बैंक घोटालामा संलग्नमध्ये विष्णुप्रसाद धिताल, मनोज भेटवाल लगायतलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान मुद्दामा कारबाही गरिने सिआइबीका एक अधिकारीले बताए।
यस्तै, धरौटीमा छाड्ने आदेश भएकामध्ये मानबहादुर रावत र विनीतमणि उपाध्यायलाई सिआइबीले जिल्ला प्रहरी कार्यालय सुनसरी पठाउने भएको छ। इटहरीस्थित शाखामा कार्यरत रहेका बेला उनीहरुले त्यहाँ पनि घोटाला गरेकाले त्यहीँ छुट्टै अनुसन्धान गर्न लागिएको हो।
मुख्य नाइकेहरु विदेशमा
घोटालामा संलग्न प्रमुख व्यक्तिहरु भने अमेरिका पुगिसकेका छन्। तत्कालीन सिइओ गोविन्द उपाध्याय र सञ्चालक वसन्त मल्ल अमेरिका पुगेका छन्। अनुसन्धान सुरु भएलगत्तै उनीहरु अमेरिका भागेका हुन्।
त्यस्तै, तत्कालीन सञ्चालकहरु प्रदीपकुमार कर्माचार्य, रीतावादे श्रेष्ठ, भरतकाजी श्रेष्ठ, क्षेत्रबहादुर थापा, त्रिपुरेश्वर त्रिपाठी पनि फरार नै छन्। अदालतले म्याद जारी गरेपछि उनीहरुलाई इन्टरपोलको सहयोगमा पक्राउ गरी नेपाल ल्याइने सिआइबीका एक अधिकारीले जानकारी दिए।
को–को छन् फरार ?
फरारहरुमा पूर्वसञ्चालक, कर्मचारीदेखि ऋणीसम्म छन्। फरारमा धेरैजसो ऋणीहरु छन्।
यी हुन् सो घोटालाका फरार अभियुक्तहरु:
लेखनाथ खनाल, उमेशचन्द्र गोतामे, बिटु घले, लिला खनाल, भैरवबहादुर भेटवाल, सुरेश मालाकार, बिना श्रेष्ठ, रितेशराज भण्डारी, गोपाल श्रेष्ठ, सीताराम पाण्डे, भीमबहादुर सार्की, सुनीलकुमार सिंह, दीपककुमार ठकुरी, शीतल शर्मा, गोपालबाबु श्रेष्ठ, सुवास दाहाल, दिक्षा श्रेष्ठ, भोजराज भण्डरी, अजुर्नलाल राजवंशी, राजेश्वर श्रेष्ठ, प्रविना महर्जन, रोशन श्रेष्ठ, अंशु पालिखे, अनुराग पहारी, विष्णु खनाल, अनिस खड्का, लक्ष्मी धानुक, रमा खनाल, शम्भुराज श्रेष्ठ, देवराज ढुंगाना, सामिनराज भण्डारी, श्याम खनाल, सनिम महर्जन, दुर्गादत्त जोशी, नरेश दाहाल, कोमानन्द अधिकारी, राजेन्द्रप्रसाद उपाध्याय खनाल, परशुराम खनाल, रुपादेवी भेटवाल, कल्पना कार्की, सावित्री प्याकुरेल, सावित्री कार्की, शोभा लामा, पुश्कर कोइराला, विनोद राजथला, दीपककुमार कर्माचार्य, गीता घिमिरे, सरोज कालिकोटे, ज्ञानबहादुर राय, अमृतकुमार खत्री, मञ्जिल भेटवाल, रमेश भण्डारी, चन्द्रप्रसाद प्रधान, विनोद राजथला, सुजना सुर्खेती, विकास श्रेष्ठ, सुदर्शन अधिकारी, प्रमोद भट्टराई, राजु श्रेष्ठ, सरिना गुरुङ, सन्तोष बख्रेल, अशोक लामा, शिवराज नेपाल, प्रमेश साह, पूर्णबहादुर खड्का, सन्तोष धिताल, राजन ढुंगेल, गोकर्ण कट्टेल, तीर्थ काफ्ले, विश्वराज अधिकारी, सविनराज बराल, रविन लामा, प्रह्लाद पुरी, नवराज परियार, रमेश दंगाल, श्रीराम अधिकारी, रामबहादुर शाह, कमल प्रजापति, विपिन खड्का, दिबिना प्रजापती, आशिषकुमार धमला, अनिश खड्का, गीता मानन्धर, चण्डिका प्रधान, सुनिता दाहाल, रमेश थापा, सुजित तुलाधर, ममता राई, पर्वत कन्दङ्वा, उषा राई, दलबहादुर बिक, निशा चेम्जोङ, आरती राई, सुरज लिम्बू, रोबर्ट लिम्बू, प्रनिश आङदेम्बे, गौतम लिम्बू, अर्जुन कामी, ऋषिश्वर थपलिया, अनोज श्रेष्ठ, मुकुन्दप्रसाद पराजुली, दुर्गाबहादुर विश्वकर्मा, राजकुमार लामा, शम्भुराज हमाल, रोहित दाहाल, कर्णबहादुर पच्या, सुनिता रेग्मी, पुष्कर देव थापा, तेजराज चौधरी, राजन भेटवाल, रामबहादुर सुनार, होमबहादुर सुनार, चुडामणि भण्डारी, मभुरलाल सिन्या, राजु पोखरेल, सुरेन्द्र चापागाईँ, रोबिन थापा, दमनकुमार श्रेष्ठ र पुष्कर कोइराला।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।