विराटनगर– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति अहिलेको एजेन्डा नभएको बताएका छन्।
आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले अहिले मुलुकको एजेन्डा सुशासन, विकास र समृद्धि भएकाले आफूहरुको ध्यान पनि त्यतैतिर केन्द्रित भएको बताए। उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेन्डा ५ वर्षपछि हुने चुनावका बेला भने उठाउन सकिने उल्लेख गरे।
अध्यक्ष दाहालले उपेन्द्र यादव नेतृत्वको संघीय 8वादी फोरमसँग तत्काल पार्टी एकता हुने सम्भावना नरहेको पनि बताए। उनले राष्ट्रिय जनता पार्टीलाई सरकारमा ल्याउने विषयमा छलफल भइरहेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।