काठमाडौं- अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले लाभांश पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ। बिहीबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चौबिसौं वार्षिक साधारण सभा आगामी असोज २४ गते बिहान ११ बजे बोलाउने निर्णय गरेको हो।
कम्पनीले आ.व.२०७७/०७८ को मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनश शेयर र ०.५२६ प्रतिशत नगद लाभांश प्रदान गर्नसमेत जनाएको छ। यस्तै, बोनश शेयर वितरणपश्चात कायम हुने चुक्ता पुँजीमा एक बराबर शुन्य दशमलब पाँच शुन्य (१:०.५०) को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव अगामी वार्षिक साधारण सभामा पेश गर्ने निर्णय गरिएको छ।
बोनश शेयरका लागि २०७८ असोज ११ गते शेयर दर्ता किताब बन्द गर्ने निर्णय गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।