• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस २३, २०८२ Wed, Jan 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

राष्ट्रिय क्रिकेट टिममा बायाँहाते ब्याट्स्म्यान : भेट्नै मुस्किल, भएका पनि चल्दैनन्

64x64
प्रकाश गुरागाईं शुक्रबार, असोज १, २०७८  ०७:०३
1140x725

काठमाडौँ– कुनै समय थियो, जब कीर्तिपुरस्थित क्रिकेट मैदानमा महबुब आलम ब्याटिङका लागि उत्रिन्थे, दर्शकको हुटिङ उच्च हुन्थ्यो। उनी ‘हार्ड हिटर ब्याट्स्म्यान’ को रुपमा चिनिन्थे। दर्शक महबुबबाट लगातार चौका र छक्काको अपेक्षा गर्थे।

उनले धेरैपटक नेपालका लागि ओपनिङ ब्याट्स्म्यान र ओपनिङ बलरको भूमिका निभाए। उनको विशेषता थियो, बायाँहाते ब्याट्स्म्यान र तीव्र गतिका बलर।

नेपालको राष्ट्रिय टिमबाट सीमित बायाँहाते ब्याट्स्म्यानले मात्र खेल्ने मौका पाएका छन्। तीमध्ये प्रभावशाली खेल प्रदर्शन गर्ने त अझै कम छन्। र, ती कममा पर्छन् महबुब आलम। 

कीर्तिपुरमा सन् २०११ मा भएको एसीसी ट्वान्टी२० कपमा तेस्रो नम्बरमा आएर ४१ बलमा ८८ रनको विष्फोटक इनिङ खेलेका थिए महबुबले। त्यति बेला उनी टिममा एक्ला बायाँहाते ब्याट्स्म्यान थिए। यद्यपि, तल्लो क्रममा आउने स्पिनर राहुल विश्वकर्मा पनि बायाँहाते थिए। तर, उनी मूलतः बलर थिए। 

सन् २००८ मा भएको डिभिजन–५ अन्तर्गतको एकदिवसीय खेलमा महबुबले सातौँ नम्बरमा आएर अर्धशतक बनाए। उनी क्रिजमा आउँदा नेपाल ७३–५ को अवस्थामा थियो। तर, उनले नेपाललाई २०४ रनको अवस्थामा पुर्‍याए। त्यतिबेला तल्लो क्रमसम्मै उनीबाहेक कोही पनि बायाँहाते ब्याट्स्यान थिएन।

टेस्ट मान्यता पाइसकेका देशको राष्ट्रिय टोलीलाई हेर्ने हो भने बायाँहाते ब्याट्स्म्यानको प्रदर्शन सम्झनलायक छ। वेष्ट इन्डिजका ब्रायन लारा हुन् वा श्रीलंकाका सनथ जयसूर्या, भारतका सौरभ गांगुली हुन् वा दक्षिण अफ्रिकाका ग्राहम स्मिथ, उनीहरुले आफ्नो ब्याटबाट तहल्का नै मच्चाएका थिए।

किन चाहिन्छ बायाँहाते ब्याट्स्म्यान?
ओमान भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीमा ‘टप–अर्डर’ मा कोही पनि बायाँहाते ब्याट्स्म्यान छैनन्। मध्यक्रममा कुशल मल्ल खेलिरहेका छन्। लगातार छैटौँ नम्बरमा मौका दिइएका उनले ओमानमा आफ्नो स्वाभाविक खेल देखाउन सकेका छैनन्। 

कुशलले त्यहाँ अहिलेसम्म भएका सबै चार खेलमा गरी जम्मा ७ रन बनाएका छन्। उनी अगाडिका तीन खेलमा हरेक पटक १ रन बनाएर बाहिरिए। ओमानसँग भने ४ रन बनाए। टिम संकटमा हुँदा दायाँ र बायाँहाते ब्याट्म्यानको ‘स्ट्राइक रोटेसन’बाट विपक्षी बलरमाथि दबाब बनाउन उनी चुकेका छन्।

Ncell 2
Ncell 2

तर, उनले ८ फेब्रुअरी २०२० मा कीर्तिपुरमा भएको खेलमा अमेरिकाविरुद्ध ओडीआईमा डेब्यु गर्दै अर्धशतक बनाएका थिए। त्यसको दुई दिनपछि ओमानविरुद्ध भएको खेलमा २४ बलमा २८ रन बनाएका थिए। उनीबाहेक टिममा अर्का बायाँहाते ब्याट्स्म्यान पनि छन्, सुशन भारी। तर, उनलाई बलरको रुपमा टिममा राखिएको छ र उनी अन्तिम नम्बरमा मात्र ब्याटिङका लागि क्रिजमा आउँछन्।

राष्ट्रिय क्रिकेट टोलीका लागि खेलाडी छनोट समितिका संयोजक तथा नेपालका पहिलो कप्तान उत्तम कर्माचार्य क्रिजमा दायाँ र बायाँहाते ब्याट्स्म्यानले स्ट्राइक रोटेट गर्दा बलरलाई आफ्नो लय भेट्टाउन मुस्किल हुने बताउँछन्। जसकारण विपक्षी टिम दबाबमा आउने र रन बन्न सक्ने उनको भनाइ छ।

लगातार राम्रो लाइन र लेन्थमा बलिङ गरिरहेका बलरको लय बिगार्न पनि बायाँहाते ब्याट्स्म्यान आवश्यक हुन्छ। ‘क्रिजमा बायाँहाते ब्याट्स्म्यान जानेबित्तिकै उसले आफ्नो लय परिवर्तन गर्नुपर्छ, जसकारण दायाँहातेलाई जस्तै दबाबमा राख्न मुस्किल हुनसक्छ,’ कर्माचार्य भन्छन्।

नेपाली राष्ट्रिय टोलीका पूर्वसहायक प्रशिक्षक मनोज कटुवाल बायाँहाते ब्याट्स्म्यान माथिल्लो क्रममा नै हुँदा विपक्षी टिममाथ दबाब बनाउन सकिने बताउँछन्। ‘बायाँहाते ब्याट्स्म्यानलाई फरक दिशामा बलिङ गर्नुपर्ने हुँदा बलरलाई केही असजिलो पक्कै हुन्छ,’ उनी भन्छन्, ‘अझ नियमित स्ट्राइक रोटेट भयो भने फिल्ड सेटिङ पनि परिवर्तन गरिरहनुपर्छ। जसकारण बलर र फिल्डरलाई जम्न मुस्किल पर्छ।’

को–को छन् टिममा पर्नसक्ने बायाँहाते ब्याट्स्म्यान?
छनोट समिति संयोजक कर्माचार्य यसपटक मेयर्स कप र पीएम कपमा बायाँहाते ब्याट्स्म्यानले राष्ट्रिय टोलीको ढोका ढक्ढक्याउने गरी प्रदर्शन गर्न नसकेको बताउँछन्। ‘बायाँहाते ब्याट्स्म्यान नै धेरै कम छन्, भएका दुई चार खेलाडीले पनि प्रभावशाली प्रदर्शन गर्न सकेनन्,’ उनले भने।

मेयर्स कप र पीएम कप खेल्ने फरक टिममा यसअघि राष्ट्रिय टोलीबाट खेलिसकेका बायाँहाते ओपनर ब्याट्स्म्यान इशान पाण्डे र दिलीप नाथ पनि थिए। इशानले पीएम कप र मेयर्स कपमा वागमती प्रदेशको टिमबाट खेलेका थिए। प्रायः चौँथो नम्बरमा ब्याटिङ गरेका उनको प्रदर्शन गतिलो भएन।

तर, अन्तर्राष्ट्रिय क्रिकेटमा इशानको प्रदर्शन राम्रो छैन। उनले चार वटा टी२० अन्तर्राष्ट्रिय खेल्दा जम्मा ३३ रन बनाएका छन्। उनको उच्च स्कोर २२ रन हो। 

राष्ट्रिय टिमका अर्का पूर्वओपनर दिलीप नाथले भने एपीएफको टिममै अन्तिम–११ मा स्थान बनाउन सकेनन्। सुवास खकुरेल र आसिफ सेखले ओपनिङको जिम्मा पाउँदा दिलीप बेञ्चमै थन्किए।

केही नयाँ खेलाडीले भने संभावना देखाएका थिए। तीमध्येका एक थिए, आडिल खान। उनले उमेर समूहमा नेपाली राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका छन्। मेयर्स कप र पीएम कपमा उनको प्रदर्शन औषत रह्यो। पीएम कपमा एक अर्धशतक बनाएका थिए।

गएको पुसमा वागमती प्रदेश क्षेत्रीय छनोट प्रतियोगितामा भने आदिलले दोहोरो शतकको कीर्तिमान बनाएका थिए। घरेलु एकदिवसीय प्रतियोगितामा दोहोरो शतक बनाउने उनी दोस्रो खेलाडी हुन्। ललितपुरबाट खेलेका उनले त्रिभुवन विश्वविद्यालयविरुद्ध २०१ रन बनाएका थिए। १२१ बल खेलेका उनले १६ चौका र १५ छक्का हालेका थिए।

यसअघि २०६१ सालमा अर्का बायाँहाते ब्याट्स्म्यान महबुब हालमले घरेलु एकदिवसीयमा सर्वाधिक रनको कीर्तिमान बनाएका छन्। उनले सप्तरीबाट खेल्दै उदयपुरविरुद्ध १२३ बलमा नै २५६ रन बनाएका थिए।

यस पटक गन्डकीबाट मेयर्स र पीएम कप खेलेका १८ वर्षीय समीर कँडेलले पनि मध्यम प्रदर्शन गरे। त्रिभुवन आर्मी क्लबजस्तो बलियो टोलीविरुद्ध उनले अर्धशतक बनाएका थिए। एपीएफविरुद्ध पनि उनले ३६ रन बनाए। तर, त्यसक्रममा ११४ बल खाएका थिए। 

बागमतीबाटै खेलेका अर्का बायाँहाते विभत्सु थापाले भने धेरै मौका पाएनन्। उनले मेयर्स र पीएम कपमा तीन पटक मौका पाउँदा एक पटक डक आउट भए। त्यसबाहेक ४ र ४७ रन बनाए।

नेपालमा अहिले मात्र नभएर सुरुआतदेखि नै बायाँहाते ब्याट्स्म्यान निकै कम रहेको पूर्वकप्तान तथा छनोट समिति संयोजक कर्माचार्य बताउँछन्। ‘बायाँहाते ब्याट्स्म्यान बनाएर हुने होइन, प्राकृतिक कुरा हो,’ उनी भन्छन्, ‘तर, घरेलु प्रतियोगिता र ट्यालेन्ट हन्टबाट बायाँहातेलाई छनोट गरेर ग्रुम गर्न सकिन्छ।’

नेपाली राष्ट्रिय टोलीका पूर्वसदस्य तथा बागमती प्रदेश क्रिकेट एसोसिएसनका अध्यक्ष राजु बस्न्यात बायाँहाते ब्याट्स्म्यान हुँदा टिम सन्तुलित हुने बताउँछन्। ‘कसैलाई लेफ्टह्यान्डेड बनाएर हुँदैन, उमेर समूहबाटै विशेष प्रशिक्षण दिएर ग्रुम गर्न सकिन्छ,’ उनी भन्छन्, ‘यसरी ग्रुम गरेका सबैले उत्कृष्ट प्रदर्शन गर्छन् नै भन्ने हुँदैन।’

टिममा बायाँहाते ब्याट्स्म्यान आवश्यक भए पनि खेलाडी छनोट गर्दा दायाँ र बायाँहाते छुट्याएर गर्न नसकिने प्रशिक्षक तथा पूर्वक्रिकेटर कटुवाल पनि बताउँछन्। जसले राम्रो प्रदर्शन गर्छ त्यही खेलाडी टिममा पर्ने उनको भनाइ छ।

चल्नै सकेनन् बायाँहाते ब्याट्स्म्यान
नेपालले सन् १९९६ मा पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेट खेलेको थियो। मलेसियामा भएको एसीसी ट्रफी खेल्न गएको उक्त टिममा उपकप्तान रहेका एलबी क्षेत्री एक्ला बायाँहाते ब्याट्स्म्यान थिए। उनी मध्यक्रममा ब्याटिङ गर्थे। उनले घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गरे पनि अन्तराष्ट्रिय प्रतियोगितामा मध्यम प्रदर्शन मात्र गरेको त्यस बेलाका कप्तान उत्तम कर्माचार्य बताउँछन्। उनी भन्छन्– ‘पहिलो पटक त हामी अनुभवका लागि मात्र गएका थियौँ। किनभने हाम्रो तयारी नै राम्रो थिएन। वैशाखमा पानी परिरहेको बेला प्रशिक्षण भएको थियो। तराईको गर्मी र लामखुट्टेका कारण रातभरि सुत्न नसक्दा अभ्यास राम्रो भएको थिएन।’

त्यसपछि पारस लुनिया, मेहबुब आलम, राजु बस्न्यात बायाँहाते ब्याट्स्म्यानका रुपमा आए। उनीहरु सबै अलराउन्डर थिए। मेहबुब सुरुमा बलरका रुपमा आएका थिए। उनी तल्लो क्रममा ब्याटिङ गर्थे। पछि टप–अर्डर ब्याट्स्म्यान भए।

राजु बस्न्यात भने बलिङ अलराउन्डर थिए। लेग स्पिन बलिङ गर्ने उनी मध्य र तल्लोक्रममा ब्याटिङ गर्थे। 

पारस लुनिया ब्याटिङ अलराउन्डर थिए। उनी मध्यक्रममा ब्याटिङ गर्थे। सन् २००२ मा एसीसी ट्रफीमा उनले चार खेल खेल्दा युएईविरुद्ध ६० बलमा अविजित ३५ रन बनाएका थिए। उक्त प्रतियोगितामा यो नै उनको उच्च स्कोर थियो। उनले लामो समय राष्ट्रिय टिमबाट खेल्ने मौका पाएनन्।

त्यसपछि आमिर अख्तर, भुवन कार्की, वसन्त रेग्मीलगायत केही बायाँहाते अलराउन्डरले टिममा स्थान बनाए पनि उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रकाश गुरागाईं
लेखकबाट थप
नगरपालिकाको पहिलो चुनाव राणाकालमै, पुरुषलाई मात्र थियो मताधिकार
भारतीय कम्युनिष्ट नेताहरुको प्रभावमा खुलेको थियो नेपालको कम्युनिष्ट पार्टी
नेपालका ५० टी२० खेल : तीन कप्तान, तीन शतक र आठ वर्षमा छुटेको सिंगो पुस्ता
सम्बन्धित सामग्री
क्रिकेट खेलाडी मिनष थापाको मोटरसाइकल दुर्घटनामा मृत्यु बुधबार राति विराटनगर–४ स्थित एयरपोर्ट लाइनमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बिहीबार, पुस १०, २०८२
महिला टी-२० विश्वकप छनोटको समूह र खेलतालिका सार्वजनिक नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार खेलतालिका सार्वजनिक गरेको हो। मंगलबार, पुस ८, २०८२
टी-२० विश्वकप ग्लोबल छनोटका लागि क्यानले बन्द प्रशिक्षणमा बोलायो २० खेलाडी क्यानले बुधबार २० खेलाडीलाई दोस्रो चरणको बन्द प्रशिक्षणका लागि बोलाएको हो । बुधबार, पुस २, २०८२
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार, पुस २२, २०८२
कोशीमा मन्त्रीमण्डल हेरफेर, कांग्रेस-एमालेका ५/५ नयाँ मन्त्री नियुक्त मंगलबार, पुस २२, २०८२
राष्ट्रिय सभामा पाँच दलबीच भागबन्डा मंगलबार, पुस २२, २०८२
पाँच वर्षपछि सार्वजनिक भयो संसद् विघटन बदर गरेको फैसलाको पूर्णपाठ मंगलबार, पुस २२, २०८२
सिनामंगलको काठ गोदाममा आगलागी मंगलबार, पुस २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य तोलामा ३१०० रुपैयाँ बढ्यो मंगलबार, पुस २२, २०८२
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा मंगलबार, पुस २२, २०८२
पाँच वर्षपछि सार्वजनिक भयो संसद् विघटन बदर गरेको फैसलाको पूर्णपाठ मंगलबार, पुस २२, २०८२
रास्वपाको वृहत् राजनीतिक समायोजन घोषणा सभाः नागरिक उन्मुक्तिका असन्तुष्टहरु समेटिँदै सोमबार, पुस २१, २०८२
रास्वपाको समानुपातिक उम्मेदवारीबाट नाम फिर्ता लिने छ जना पुगे सोमबार, पुस २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्