• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

राष्ट्रिय क्रिकेट टिममा बायाँहाते ब्याट्स्म्यान : भेट्नै मुस्किल, भएका पनि चल्दैनन्

64x64
प्रकाश गुरागाईं शुक्रबार, असोज १, २०७८  ०७:०३
1140x725

काठमाडौँ– कुनै समय थियो, जब कीर्तिपुरस्थित क्रिकेट मैदानमा महबुब आलम ब्याटिङका लागि उत्रिन्थे, दर्शकको हुटिङ उच्च हुन्थ्यो। उनी ‘हार्ड हिटर ब्याट्स्म्यान’ को रुपमा चिनिन्थे। दर्शक महबुबबाट लगातार चौका र छक्काको अपेक्षा गर्थे।

उनले धेरैपटक नेपालका लागि ओपनिङ ब्याट्स्म्यान र ओपनिङ बलरको भूमिका निभाए। उनको विशेषता थियो, बायाँहाते ब्याट्स्म्यान र तीव्र गतिका बलर।

नेपालको राष्ट्रिय टिमबाट सीमित बायाँहाते ब्याट्स्म्यानले मात्र खेल्ने मौका पाएका छन्। तीमध्ये प्रभावशाली खेल प्रदर्शन गर्ने त अझै कम छन्। र, ती कममा पर्छन् महबुब आलम। 

कीर्तिपुरमा सन् २०११ मा भएको एसीसी ट्वान्टी२० कपमा तेस्रो नम्बरमा आएर ४१ बलमा ८८ रनको विष्फोटक इनिङ खेलेका थिए महबुबले। त्यति बेला उनी टिममा एक्ला बायाँहाते ब्याट्स्म्यान थिए। यद्यपि, तल्लो क्रममा आउने स्पिनर राहुल विश्वकर्मा पनि बायाँहाते थिए। तर, उनी मूलतः बलर थिए। 

सन् २००८ मा भएको डिभिजन–५ अन्तर्गतको एकदिवसीय खेलमा महबुबले सातौँ नम्बरमा आएर अर्धशतक बनाए। उनी क्रिजमा आउँदा नेपाल ७३–५ को अवस्थामा थियो। तर, उनले नेपाललाई २०४ रनको अवस्थामा पुर्‍याए। त्यतिबेला तल्लो क्रमसम्मै उनीबाहेक कोही पनि बायाँहाते ब्याट्स्यान थिएन।

टेस्ट मान्यता पाइसकेका देशको राष्ट्रिय टोलीलाई हेर्ने हो भने बायाँहाते ब्याट्स्म्यानको प्रदर्शन सम्झनलायक छ। वेष्ट इन्डिजका ब्रायन लारा हुन् वा श्रीलंकाका सनथ जयसूर्या, भारतका सौरभ गांगुली हुन् वा दक्षिण अफ्रिकाका ग्राहम स्मिथ, उनीहरुले आफ्नो ब्याटबाट तहल्का नै मच्चाएका थिए।

किन चाहिन्छ बायाँहाते ब्याट्स्म्यान?
ओमान भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीमा ‘टप–अर्डर’ मा कोही पनि बायाँहाते ब्याट्स्म्यान छैनन्। मध्यक्रममा कुशल मल्ल खेलिरहेका छन्। लगातार छैटौँ नम्बरमा मौका दिइएका उनले ओमानमा आफ्नो स्वाभाविक खेल देखाउन सकेका छैनन्। 

कुशलले त्यहाँ अहिलेसम्म भएका सबै चार खेलमा गरी जम्मा ७ रन बनाएका छन्। उनी अगाडिका तीन खेलमा हरेक पटक १ रन बनाएर बाहिरिए। ओमानसँग भने ४ रन बनाए। टिम संकटमा हुँदा दायाँ र बायाँहाते ब्याट्म्यानको ‘स्ट्राइक रोटेसन’बाट विपक्षी बलरमाथि दबाब बनाउन उनी चुकेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

तर, उनले ८ फेब्रुअरी २०२० मा कीर्तिपुरमा भएको खेलमा अमेरिकाविरुद्ध ओडीआईमा डेब्यु गर्दै अर्धशतक बनाएका थिए। त्यसको दुई दिनपछि ओमानविरुद्ध भएको खेलमा २४ बलमा २८ रन बनाएका थिए। उनीबाहेक टिममा अर्का बायाँहाते ब्याट्स्म्यान पनि छन्, सुशन भारी। तर, उनलाई बलरको रुपमा टिममा राखिएको छ र उनी अन्तिम नम्बरमा मात्र ब्याटिङका लागि क्रिजमा आउँछन्।

राष्ट्रिय क्रिकेट टोलीका लागि खेलाडी छनोट समितिका संयोजक तथा नेपालका पहिलो कप्तान उत्तम कर्माचार्य क्रिजमा दायाँ र बायाँहाते ब्याट्स्म्यानले स्ट्राइक रोटेट गर्दा बलरलाई आफ्नो लय भेट्टाउन मुस्किल हुने बताउँछन्। जसकारण विपक्षी टिम दबाबमा आउने र रन बन्न सक्ने उनको भनाइ छ।

लगातार राम्रो लाइन र लेन्थमा बलिङ गरिरहेका बलरको लय बिगार्न पनि बायाँहाते ब्याट्स्म्यान आवश्यक हुन्छ। ‘क्रिजमा बायाँहाते ब्याट्स्म्यान जानेबित्तिकै उसले आफ्नो लय परिवर्तन गर्नुपर्छ, जसकारण दायाँहातेलाई जस्तै दबाबमा राख्न मुस्किल हुनसक्छ,’ कर्माचार्य भन्छन्।

नेपाली राष्ट्रिय टोलीका पूर्वसहायक प्रशिक्षक मनोज कटुवाल बायाँहाते ब्याट्स्म्यान माथिल्लो क्रममा नै हुँदा विपक्षी टिममाथ दबाब बनाउन सकिने बताउँछन्। ‘बायाँहाते ब्याट्स्म्यानलाई फरक दिशामा बलिङ गर्नुपर्ने हुँदा बलरलाई केही असजिलो पक्कै हुन्छ,’ उनी भन्छन्, ‘अझ नियमित स्ट्राइक रोटेट भयो भने फिल्ड सेटिङ पनि परिवर्तन गरिरहनुपर्छ। जसकारण बलर र फिल्डरलाई जम्न मुस्किल पर्छ।’

Xtrem

Xtrem

को–को छन् टिममा पर्नसक्ने बायाँहाते ब्याट्स्म्यान?
छनोट समिति संयोजक कर्माचार्य यसपटक मेयर्स कप र पीएम कपमा बायाँहाते ब्याट्स्म्यानले राष्ट्रिय टोलीको ढोका ढक्ढक्याउने गरी प्रदर्शन गर्न नसकेको बताउँछन्। ‘बायाँहाते ब्याट्स्म्यान नै धेरै कम छन्, भएका दुई चार खेलाडीले पनि प्रभावशाली प्रदर्शन गर्न सकेनन्,’ उनले भने।

मेयर्स कप र पीएम कप खेल्ने फरक टिममा यसअघि राष्ट्रिय टोलीबाट खेलिसकेका बायाँहाते ओपनर ब्याट्स्म्यान इशान पाण्डे र दिलीप नाथ पनि थिए। इशानले पीएम कप र मेयर्स कपमा वागमती प्रदेशको टिमबाट खेलेका थिए। प्रायः चौँथो नम्बरमा ब्याटिङ गरेका उनको प्रदर्शन गतिलो भएन।

तर, अन्तर्राष्ट्रिय क्रिकेटमा इशानको प्रदर्शन राम्रो छैन। उनले चार वटा टी२० अन्तर्राष्ट्रिय खेल्दा जम्मा ३३ रन बनाएका छन्। उनको उच्च स्कोर २२ रन हो। 

राष्ट्रिय टिमका अर्का पूर्वओपनर दिलीप नाथले भने एपीएफको टिममै अन्तिम–११ मा स्थान बनाउन सकेनन्। सुवास खकुरेल र आसिफ सेखले ओपनिङको जिम्मा पाउँदा दिलीप बेञ्चमै थन्किए।

केही नयाँ खेलाडीले भने संभावना देखाएका थिए। तीमध्येका एक थिए, आडिल खान। उनले उमेर समूहमा नेपाली राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका छन्। मेयर्स कप र पीएम कपमा उनको प्रदर्शन औषत रह्यो। पीएम कपमा एक अर्धशतक बनाएका थिए।

गएको पुसमा वागमती प्रदेश क्षेत्रीय छनोट प्रतियोगितामा भने आदिलले दोहोरो शतकको कीर्तिमान बनाएका थिए। घरेलु एकदिवसीय प्रतियोगितामा दोहोरो शतक बनाउने उनी दोस्रो खेलाडी हुन्। ललितपुरबाट खेलेका उनले त्रिभुवन विश्वविद्यालयविरुद्ध २०१ रन बनाएका थिए। १२१ बल खेलेका उनले १६ चौका र १५ छक्का हालेका थिए।

यसअघि २०६१ सालमा अर्का बायाँहाते ब्याट्स्म्यान महबुब हालमले घरेलु एकदिवसीयमा सर्वाधिक रनको कीर्तिमान बनाएका छन्। उनले सप्तरीबाट खेल्दै उदयपुरविरुद्ध १२३ बलमा नै २५६ रन बनाएका थिए।

यस पटक गन्डकीबाट मेयर्स र पीएम कप खेलेका १८ वर्षीय समीर कँडेलले पनि मध्यम प्रदर्शन गरे। त्रिभुवन आर्मी क्लबजस्तो बलियो टोलीविरुद्ध उनले अर्धशतक बनाएका थिए। एपीएफविरुद्ध पनि उनले ३६ रन बनाए। तर, त्यसक्रममा ११४ बल खाएका थिए। 

बागमतीबाटै खेलेका अर्का बायाँहाते विभत्सु थापाले भने धेरै मौका पाएनन्। उनले मेयर्स र पीएम कपमा तीन पटक मौका पाउँदा एक पटक डक आउट भए। त्यसबाहेक ४ र ४७ रन बनाए।

नेपालमा अहिले मात्र नभएर सुरुआतदेखि नै बायाँहाते ब्याट्स्म्यान निकै कम रहेको पूर्वकप्तान तथा छनोट समिति संयोजक कर्माचार्य बताउँछन्। ‘बायाँहाते ब्याट्स्म्यान बनाएर हुने होइन, प्राकृतिक कुरा हो,’ उनी भन्छन्, ‘तर, घरेलु प्रतियोगिता र ट्यालेन्ट हन्टबाट बायाँहातेलाई छनोट गरेर ग्रुम गर्न सकिन्छ।’

नेपाली राष्ट्रिय टोलीका पूर्वसदस्य तथा बागमती प्रदेश क्रिकेट एसोसिएसनका अध्यक्ष राजु बस्न्यात बायाँहाते ब्याट्स्म्यान हुँदा टिम सन्तुलित हुने बताउँछन्। ‘कसैलाई लेफ्टह्यान्डेड बनाएर हुँदैन, उमेर समूहबाटै विशेष प्रशिक्षण दिएर ग्रुम गर्न सकिन्छ,’ उनी भन्छन्, ‘यसरी ग्रुम गरेका सबैले उत्कृष्ट प्रदर्शन गर्छन् नै भन्ने हुँदैन।’

टिममा बायाँहाते ब्याट्स्म्यान आवश्यक भए पनि खेलाडी छनोट गर्दा दायाँ र बायाँहाते छुट्याएर गर्न नसकिने प्रशिक्षक तथा पूर्वक्रिकेटर कटुवाल पनि बताउँछन्। जसले राम्रो प्रदर्शन गर्छ त्यही खेलाडी टिममा पर्ने उनको भनाइ छ।

चल्नै सकेनन् बायाँहाते ब्याट्स्म्यान
नेपालले सन् १९९६ मा पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेट खेलेको थियो। मलेसियामा भएको एसीसी ट्रफी खेल्न गएको उक्त टिममा उपकप्तान रहेका एलबी क्षेत्री एक्ला बायाँहाते ब्याट्स्म्यान थिए। उनी मध्यक्रममा ब्याटिङ गर्थे। उनले घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गरे पनि अन्तराष्ट्रिय प्रतियोगितामा मध्यम प्रदर्शन मात्र गरेको त्यस बेलाका कप्तान उत्तम कर्माचार्य बताउँछन्। उनी भन्छन्– ‘पहिलो पटक त हामी अनुभवका लागि मात्र गएका थियौँ। किनभने हाम्रो तयारी नै राम्रो थिएन। वैशाखमा पानी परिरहेको बेला प्रशिक्षण भएको थियो। तराईको गर्मी र लामखुट्टेका कारण रातभरि सुत्न नसक्दा अभ्यास राम्रो भएको थिएन।’

त्यसपछि पारस लुनिया, मेहबुब आलम, राजु बस्न्यात बायाँहाते ब्याट्स्म्यानका रुपमा आए। उनीहरु सबै अलराउन्डर थिए। मेहबुब सुरुमा बलरका रुपमा आएका थिए। उनी तल्लो क्रममा ब्याटिङ गर्थे। पछि टप–अर्डर ब्याट्स्म्यान भए।

राजु बस्न्यात भने बलिङ अलराउन्डर थिए। लेग स्पिन बलिङ गर्ने उनी मध्य र तल्लोक्रममा ब्याटिङ गर्थे। 

पारस लुनिया ब्याटिङ अलराउन्डर थिए। उनी मध्यक्रममा ब्याटिङ गर्थे। सन् २००२ मा एसीसी ट्रफीमा उनले चार खेल खेल्दा युएईविरुद्ध ६० बलमा अविजित ३५ रन बनाएका थिए। उक्त प्रतियोगितामा यो नै उनको उच्च स्कोर थियो। उनले लामो समय राष्ट्रिय टिमबाट खेल्ने मौका पाएनन्।

त्यसपछि आमिर अख्तर, भुवन कार्की, वसन्त रेग्मीलगायत केही बायाँहाते अलराउन्डरले टिममा स्थान बनाए पनि उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रकाश गुरागाईं
लेखकबाट थप
नगरपालिकाको पहिलो चुनाव राणाकालमै, पुरुषलाई मात्र थियो मताधिकार
भारतीय कम्युनिष्ट नेताहरुको प्रभावमा खुलेको थियो नेपालको कम्युनिष्ट पार्टी
नेपालका ५० टी२० खेल : तीन कप्तान, तीन शतक र आठ वर्षमा छुटेको सिंगो पुस्ता
सम्बन्धित सामग्री
भिक्ट्री किङ्सको लगातार दोस्रो जित, केपीएलको सेमिफाइनलमा बुधबार भएको दोस्रो खेलमा भिक्ट्री किङ्सले टिम जुम्लालाई ९ विकेटले पराजित गर्‍यो। टिम जुम्लाले दिएको ९९ रनको लक्ष्य भिक्ट्री किङ्सले... बुधबार, असोज २१, २०८३
क्रिकेटको नयाँ गन्तव्य बन्दै जुम्ला, २४ सय मिटर उचाइमा पहिलो ‘हाई अल्टिच्युड’ प्रतियोगिता बुधबार, असोज २१, २०८३
सन्दीपदेखि रोहितसम्म ९ खेलाडी ‘टिम एक्सट्रीम’मा, एनपीएलका ७ टोलीको विशेष क्यान सार्वजनिक नेपाली क्रिकेटको विकास, खेलाडीलाई प्रोत्साहन र युवापुस्तामा खेलप्रतिको उत्साह बढाउने उद्देश्यले कम्पनीले खेलाडीसँग सहकार्य गरेको जना... आइतबार, असोज १८, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्