काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले डडेलधुरामा फेरि वडा अधिवेशन हुन सक्ने सम्भावना नदेखिएकाे बताएका छन्। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले डडेलधुराको वडा अधिवेशन फेरि गर्न माग गर्दै बिहीबार कांग्रेस केन्द्रीय कार्यालय पुगेर निर्वाचन समितिलाई फेरि वडा अधिवेशन गर्ने सन्दर्भमा ध्यानाकर्षण गराएको थियो।
पौडेल पक्षका शीर्ष सबै नेता कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेर निर्वाचन समितिलाई ध्यानाकर्षण गराएका हुन्।
देउवाको गृह जिल्लामा भदौ २५ मा वडा अधिवेशन भएको थियो। पौडेल पक्षले वडा अधिवेशन स्थगित गर्न माग गरेको थियो। त्यसको सुनुवाइ नभएपछि पौडेल पक्षले वडा अधिवेशन बहिष्कार गरेको थियो।
निर्वाचन समितिलाई ध्यानाकर्षण गराएपछि महामन्त्री कोइरालाले अब फेरि वडा अधिवेशन हुन सम्भावना नदेखिएको प्रतिक्रिया दिएका हुन्।
निर्वाचन समितिले निष्पक्ष काम गर्नुपर्यो भनेर ध्यानाकर्षण गरिएको नेता प्रकाशमान सिंहले बताए। उनले जिल्ला सभापतिसँग समन्वय गरेर निर्वाचन गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।