काठमाडौं- लक्ष्मी बैंकले १३७औँ शाखा सुनसरीको इटहरी उपमहानगरपालिका वडा न.१६ को पकलीमा सञ्चालनमा ल्याएकोे छ।
इटहरीको भाटभटेनी सुपरमार्केट परिसरभित्र रहेकोे यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको जनाएको छ।
यस नयाँ शाखाको शुरुवातसँगै लक्ष्मी बैंकको शाखा संजाल ४९ जिल्लामा १३७ शाखा, ७ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६७ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ।
यो शाखाको साथलक्ष्मी बैंकले आफ्नो सेवाअझ सुदृढ अनिव्यापकबनाउने विश्वास राखेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।