काठमाडौं– सेञ्चुरी कमर्सियल बैंकले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै मोबाईल बैकिङ एप 'सेञ्चुरी पे'बाट अनलाइन आन्तरिक रेमिटेन्स सेवा पनि प्रदान गर्ने भएको छ।
यसअन्तर्गत सेञ्चुरी रेमिट (रेमिटेन्स सेवा) मोबाइल बैकिङ एपमा थप गरिएको छ। यो सेवा संचालनमा आएसंगै बैंकका ग्राहकहरुले आन्तरिक विप्रेषण सोझै मोबाईल बैकिङ एपबाट पठाउन सक्नेछन्।
आन्तरिक रेमिटेन्स रकम पठाउँदा मोबाइल बैकिङ एपमा रहेको सेञ्चुरी रेमिटमार्फत सोझै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुवै सुविधामध्ये एक रोज्न सकिनेछ।
यसका साथै मोबाइल बैकिङ एपमा रहेको रिसिभ रेमिटेन्स प्रयोग गरी आन्तरिक विप्रेषण कार्य गर्न सकिनेछ।
साथै यस सुविधाअन्तर्गत ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकका शाखा कार्यलयहरु र देशका ७७ जिल्लामा रहेका १० हजार आधिकारिक एजेण्टमार्फत रेमिटेन्स रकम संकलन गर्न सक्नेछन्।
बैंकले काठमाडौं उपत्यकामा २३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यकाबाहिर १०३ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै २४ वटा शाखारहित बैंकिङ गरी जम्मा १६० स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।