काठमाडौं- इलेक्ट्रोनिक्स ब्राण्ड गोदरेजले नजिकिरहेको नेपालीहको चाड दशैं र तिहारलाई लक्षित गर्दै 'नाउ इज वाउ फेस्टिभल, कम खर्च धेरै बचत' नामक योजना सार्वजनिक गरेको छ।
उक्त योजनाअन्तर्गत गोदरेज ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यासब्याक तथा बम्पर उपहार जित्ने सु्वर्ण अवसर भएको कम्पनीले जनाएको छ। सामानमा ३१ प्रतिशतसम्मको क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
साथै, बम्पर उपहार अन्तर्गत ३ जना भाग्यशाली ग्राहकहरुले ५५ इन्चको टिसिएल कर्भ स्मार्ट एलइडि टिभी समेत जित्न सकिने व्यवस्था गरिएको छ।
उक्त योजना अन्तर्गत गोदरेजका रेफ्रिजीरेटर खरिदमा २८ हजार ९०० रुपैयाँ सम्मको, वाशिङ मेसिनको खरिदमा १५ हजार ३०० रुपैयाँ सम्मको, मैक्रोवेभ ओभन खरिदमा ७ हजार ५०० रुपैयाँ सम्मको, एअर कुलरको खरिदमा ५ हजार २०० रुपैयाँ सम्मको क्यासब्याक उपलब्ध हुनेछ। एसिमा चार हजार रुपैयाँ बराबरको नि:शुल्क एसि जडान प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। साथै, गोदरेजले आफ्नो विभिन्न सामानहरुमा विभिन्न किसिमका वारेण्टीहरुका साथै नि:शुल्क होम डेलीभरी पनि प्रदान गर्ने बताएको छ।
गोदरेजका सामानहरु खरिद गरेपश्चात ग्राहकहरुले आफूलाई बम्पर उपहारमा सहभागी गराउन जिओडिएफओ टाईप गरि आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको विल नम्बर लेखि ३१००१ मा एस्एमएस् गर्नुपर्नेछ। कम्पनीले यो योजना भदौ २०७८ देखि सीमित अवधिका लागि लागू गरिएको छ। गोदरेज ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सिजीइओएल रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।