काठमाडौं– नेपाली सेनाको उपरथीबाट रथीमा बढुवा भएका बालकृष्ण कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
प्रधान सेनापति (महारथी) प्रभुराम शर्माले बिहीबार एक कार्यक्रमका बीच कार्कीलाई रथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
मन्त्रिपरिषद्को भादौ २९ गते बसेको बैठकले उपरथी कार्कीलाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो।
रथीमा पदोन्नति भएका कार्की बलाध्यक्ष रथीमा समेत नियुक्त भएका छन्। साथै उनलाई निमित्त बलाधिकृत रथीको जिम्मेवारीसमेत तोकिएको नेपाली सेनाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।