काठमाडौं– दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सिटी एक्सप्रेस मनी ट्रान्सफरले 'सिटी आयो लखपति बनायो' उपहार योजना घोषणा गरेको छ। यो योजना लगातार ६१ दिनसम्म चल्ने छ।
यो उपहार योजनाअन्तर्गत लक्की ड्र मार्फत ६१ दिनसम्म हरेक दिन १ जना विजेतालाई १० हजार रुपैयाँ उपहार प्रदान गरिने छ। साथै हरेक महिना ५ जनालाई १/१ लाख गरी २ महिनासम्म १० जना लखपति बन्न सक्नेछन्।
कम्पनीकाअनुसार यस यो उपहार योजना असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुनेछ। यो अवधिभरी सिटी एक्सप्रेसमार्फत् देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राहीयो उपहार योजनामा सहभागी हुनेछन्। यस उपहारको विजेतालाई विद्युतीय प्रणालीद्वारा छनौट गरिनेछ। यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु हुनेछैन।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १५ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत् छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्दै आइरहेको छ। साथै, कुनै पनि बैंकको खातामा रकम जम्मागर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु पनि सिटी एक्सप्रेसले प्रदान गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।