पर्वत– मादक पदार्थको नशामा एक दम्पतीले कुटेर युवको हत्या गरेका छन्। पवर्तको फलेवास नगरपालिका– २ बस्ने विनोद कुँवर र उनकी श्रीमती राधिका कुँवरले स्थानीय गोपाल सुनारको हत्या गरेका हुन्।
प्रहरीका अनुसार विवाद भएपछि कुँवर दम्पतीले शुक्रबार गोपाल र उनकी श्रीमती सरस्वतीलाई कुटपिट गरेका थिए। गम्भीर घाइते भएका गोपालको उपचारको क्रममा पोखरास्थित मणिपाल अस्पतालमा मृत्यु भएको हो।
कुँवर दम्पतीलाई पक्राउ गरी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।