काठमाडौं– अटोमेटिक पेस्तोल, त्यसमा लाग्ने ५ राउण्ड गोलीसहित काठमाडौंमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–३ बस्ने २४ वर्षीय सोनाम तामाङ छन्। उनलाई सशस्त्र प्रहरी बलको विशेष टोलीले छाउनी क्षेत्रबाट पक्राउ गरेको हो।
उनको साथबाट मेड इन जमर्नी लेखिएको अटोमेटिक पेस्तोल, ५ राउण्ड गोली र १ थान म्याग्जिन बरामद भएको सशस्त्रले जनाएको छ।
बा ४९ प ७५६५ नम्बरको मोटरसाइकलमा सवार तामाङलाई शंका लागेर जाँच गर्दा उक्त पेस्तोल र गोली फेला परेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।