काठमाडौं– नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपीडी अभियानअन्तर्गत आउने शनिबार प्रजनन क्यान्सरको विषयमा निःशुल्क सेवा संचालन हुने भएको छ।
आउने शनिबार नर्भिक अस्पतालका प्रजनन् क्यान्सर रोग विशेषज्ञ (गाइने अंकोलोजिष्ट) डा. एलिजा श्रेष्ठले निःशुल्क ओपीडी सेवा दिने भएकी हुन्।
डा. श्रेष्ठका अनुसार महिनावारीमा गडबडी भएका, औषधि खाएर समेत पाठेघरसँग सम्बन्धित समस्या समाधान नभएका, पाठेघर तथा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गर्नुपर्ने जस्ता समस्या भोगिरहेका बिरामीहरूले निःशुल्क ओपीडी सेवामा सहभागी भएर लाभ लिनसक्नेछन्।
निःशुल्क ओपिडी सेवा शनिबार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म सञ्चालन हुनेछ। निःशुल्क ओपीडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा वा नर्भिक अस्पतालको कल सेन्टर नम्बर ०१५९७००३२ मा फोन गरेर आफ्नो नाम टिपाउन सकिने अस्पतालले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।