भक्तपुर- सूर्यविनायक नगरपालिका–३ मा रहेकाे देवडोल कृषि सहकारी संस्थाले १६ लाख संकलन गरेको छ।
शनिबार सम्पन्न साधारण सभामा संस्थाकी अध्यक्ष अम्बिका ढुंगानाले संस्थाको आर्थिक वर्ष २०७७/७८ को कार्य प्रगति विवरण प्रस्तुत गर्दै संस्थामा ९४ जना सदस्यको ३८ लाख सेयर पुँजी कायम रहेको, बचत १६ लाख संकलन भएको र कर्जा लगानी ४६ लाख गरिएको जानकारी गराइन्।
उनले अघिल्लो आर्थिक वर्षमा कर्जा लगानी गरी प्राप्त ब्याजबाट सबै खर्च कटाइ सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गरिएको जानकारी दिइन्।
त्यस्तै, आर्थिक वर्षमा २०७८/७९ को भावी योजना प्रस्तुत गर्दै सेयर पुँजी १ करोड पुर्याउने र कर्जा लगानी एक करोड ५० लाख गरिने संस्थाको लक्ष्य रहेको उल्लेख गरिन्।
साधारणसभाले गणेश शाही ठकुरीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ। कार्यसमितिको उपाध्यक्षमा सुनिता नेपाल सचिवमा राजन ढुंगाना, कोषाध्यक्षमा विजेता अधिकारी र सदस्यहरूमा जयराम भट्टराई, लेखनाथ पराजुली, सम्झना दाहाल, नवराज नेपाल र सिर्जना बाँस्तोला छानिएका छन्।
सभाले यादवप्रसाद पोखरेललाई लेखा सुपरीवेक्षण समितिको संयोजक तोकेको छ भने ऋण समिति चयन गर्ने जिम्मेवारी नयाँ कार्यसमितिलाई दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।