काठमाडौं– सामसङका दुई मोडलका स्मार्टफोनको प्रिबुकिङ उत्साहजनक रहेको छ।
कम्पनीले हालै प्रिबुकिङ सुरु गरेको ग्यालेक्सी जेड फोल्ड ३ फाइभजी तथा ग्यालेक्सी जेड फ्लिप ३ फाइभजीको प्रिबुकिङमा ग्राहकको उत्साहजनक सहभागिता रहेको सामसङ मोबाइल नेपालले जनाएको छ।
प्रि अडर खुला गरेको ६ दिनमै लक्ष्य प्राप्त गरेको सामसङ मोबाइल नेपालका बिजनेस हेड प्रणयरत्न स्थापितले बताए।
प्रि बुकिङमा भएको उल्लेख्य सहभागिताबाट नेपाली ग्राहक ग्याजेटबारे अत्यधिक जानकार रहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।