काठमाडौं– बैंकिङ कसूर मुद्दामा दोषी ठहर भइ फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
कैलालीको गौरीगंगा नगरपालिका–३ घर भइ काठमाडौंको गहनापोखरी बस्दै आएकी ३२ वर्षीय जसमिन झालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।
उच्च अदालत पाटनले बैकिङ कसूर मुद्दामा उनलाई गत फागुन ११ गते १६ लाख जरिवाना र ७ दिन कैद सजाय सुनाएको थियो।
पक्राउ परेकी झालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पठाइएको महाशाखाले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।