काठमाडौं– सरकारले ल्याएको प्रतिस्थापन बजेटमा स्पंज आइरन र तयारी स्टील विलेटको भन्सारदरमा ४.७५ प्रतिशत भिन्नता कायम गरेकोमा नेपाल स्टील विलेट उत्पादक संघले स्वागत गरेको छ।
विगत ३ वर्षदेखि स्टील विलेट उत्पादकहरुले स्पंज आइरन र तयारी विलेटको भन्सार दरमा कम्तिमा १० प्रतिशतको भिन्नता कायम गरिदिन माग गर्दै आएका थिए। हाल यी माग आंशिक रुपमा सम्बोधन भएको र आगामी दिनमा सो भिन्नता १० प्रतिशत भन्दा बढी कायम हुने विश्वास लिइएको संघले जनाएको छ।
केही फलामे छड उत्पादक कम्पनीहरुले सरकारको निर्णयको विरोधको नाममा गलत व्याख्या गरी सर्वसाधारणसमक्ष भ्रम फैलाउने काम गरेको संघको भनाइ छ।
‘हाल देशमा १३ वटा स्टील विलेट उत्पादन गर्ने उद्योगहरु संचालित रहेका र थप उद्योगहरु स्थापनारत छन्। स्पंज आइरनबाट विलेट उत्पादन गर्नेहरुको हालको उत्पादन क्षमताले डण्डी उत्पादनको ६० प्रतिशत मात्र धान्ने र यस्ता नयाँ उद्योग लगाउन भइरहेको रोलिङ मिललाई बढीमा ९ महिना लाग्ने हुन्छ’, संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।