काठमाडौं– बैंकिङ कसुरको मुद्दामा ३० लाख रुपैयाँ जरिवाना र ७ दिन कैद सजाय सुनाइएका फरार व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१० घर भई काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–७ काँडाघारी बस्दै आएका ३९ वर्षीय दीपक कार्की छन्। उनलाई महानगरीय प्रहरी अपराध महाशाखाकाले सोमबार काँडाघारीबाट पक्राउ परेको हो।
नारायणकाजी कार्कीले दिएको बैंकिङ कसुरको जाहेरीमा उनी दोषी ठहर भएका थिए। २०७६ फागुन १८ गते उच्च अदालत पाटनले उनलाई दोही ठहर गर्दै ३० लाख जरिवाना र ७ दिन कैदको सजाय सुनाएको थियो।
पक्राउ परेका कार्कीलाई फैसला कार्यान्वयका लागि जिल्ला अदालतमा काठमाडौंमा उपस्थित गराइ कारागार पठाइएको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।