काठमाडौं– सानिमा बैंक लिमिटेड र नेपालस्थित सामसङ मोबाइल फोनको आधिकारिक बिक्रेताहरु आईएमएस नेपाल प्रालि र हिम इलेक्ट्रोनिक्सबीच सानिमा बैंकका ग्राहकलाई सामसङको फ्ल्यागसिप स्मार्टफोन शून्य प्रतिशत मासिक किस्तामा प्रदान गर्ने सम्झौता भएको छ।
सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले क्रेडिट कार्ड प्रयोग गरी सामसङ कम्पनीको स्मार्ट फोनहरु जेड फोल्ड थ्री र जेड फ्लिप थ्री शून्य प्रतिशत मासिक किस्तामा १२ महिना समयावधिको लागि प्रि–बुकिङ गर्न सक्ने बताइएको छ।
यसका साथै प्रि–बुकिङमा आकर्षक उपहार पनि प्राप्त गर्न सक्ने बैंकका निक्षेप व्यवस्थापन प्रमुख टंकमणि बरालले बताए। भदौ २० गतेबाट प्रि–बुकिङ सुरु भएको उक्त मोबाइल फोनको औपचारिक लन्च असोज ६ गते हुनेछ।
प्रि–बुकिङ आइएमएस स्मार्ट तथा सामसङ प्लाजास्थित हिम इलेक्ट्रोनिक्सको नेपालभर रहेका आधिकारिक आउटलेटबाट गर्न सक्ने बताइएको छ। सानिमा बैंकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९६ वटा एटिएम सञ्चालनमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।