complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

डडेलधुराको वडा अधिवेशन फेरि गर्न पौडेल पक्षको माग

64x64
नेपाल लाइभ सोमबार, भदौ २८, २०७८  १६:५६
1140x725

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले डडेल्धुराको वडा अधिवेशन फेरि गर्नुपर्ने माग गरेको छ। पौडेल पक्षले यसअघि भएको अधिवेशनलाई अमान्य ठहर गरेको छ।

जिल्ला सभापति कर्णबहादुर मल्लले स्थगितका लागि गरेको आग्रहलाई सुनुवाइ नगरी भदौ २५ मा वडा अधिवेशन भएको थियो। संस्थापनइतरको असहमति रहँदारहँदै वडा अधिवेशन भएको भन्दै अस्वीकार गर्ने पौडेल पक्षले जनाएको छ।

पौडेल पक्षका शीर्ष नेताको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ‘डडेल्धुरा जिल्लाको जस्तै अनियमितता र स्वेच्छाचारको पुनरावृत्ति अन्य २० जिल्लाहरुमा पनि हुन नपाओस्।’ 

शीर्ष नेताको बैठकपश्चात् वरिष्ठ नेता पौडेलले भने, ‘निष्पक्ष र पारदर्शी महाधिवेशन हुनेमा शंका पैदा भएको छ। जिल्ला कार्यसमितिको सहमतिबेगर वडा अधिवेशन भएको छ। जिल्ला र वडा कार्यसमितिको समर्थन बिना भएको वडा अधिवेशनलाई स्वीकार्न सकिन्न।’

राज्यशक्ति र प्रशासनिक शक्तिको दुरुपयोग गरी एकपक्षीय रुपमा वडा अधिवेशन गरिएको पौडेल पक्षको निष्कर्ष छ। क्रियाशील सदस्यता विवाद साम्य नभएकाले वडा अधिवेशन स्थगित गर्न जिल्ला सभापति मल्लले आग्रह गरेका थिए। निर्वाचन अधिकृतले मल्लको मागको वेवास्ता गर्दै वडा अधिवेशन गराएका थिए। मल्ल पक्षले भने वडा तहको अधिवेशन बहिष्कार गरेको थियो। जिल्ला तहबाट आएका नाममा हेरफेर गरिएको तथा केन्द्रबाट क्रियाशील सदस्य थपिएको संस्थापनइतरको भनाइ छ। डडेल्धुरामा करिब ५ सय क्रियाशील सदस्यता विवाद रहेको पौडेल पक्षको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

पौडेल पक्षले जारी गरेको विज्ञप्तिको पूर्णपाठः
यतिबेला नेपाली कांग्रेसको साढे सात दशक लामो इतिहास र कांग्रेसको स्थापित मान्यता र परम्परामा कहिल्यै नभोगिएको तिक्त घटना झेल्न पर्दा नेपाली कांग्रेसका साथीहरुले निकै ठूलो तनाव महसुस गरेका छन्। नेपाली कांग्रेसको विधान र देशको संविधानको समयसीमा भित्र महाधिवेशन हुन नसक्नु अत्यन्त दुःखद् कुरा हो। यसले १४औं महाधिवेशनको सिलसिलामा देखिएको अवैधानिक र अलोकतान्त्रिक गतिविधिबाट महाधिवेशन निष्पक्ष हुन्छ भन्ने कुरामा गंभीर आशंका पैदा भएको छ। क्रियाशील सदस्यता वितरणमा डडेलधुरा लगायतका अधिकांश जिल्लामा पार्टी प्रवेशका नाममा निर्धारित विधि, प्रकया र मापदण्ड विपरीत फर्जी नाम समावेश गर्ने, प्रकृयासम्मत तलैबाट आएका नामहरु केन्द्रबाटै थपघट एवं हेरफेर गर्ने र कयाशिल सदस्यता विवाद समाधान नै नगरी नेताहरुको सहमति र संलग्नता वेगरनै प्रहरी प्रशासनको आडमा बडा अधिवेशन भयो भनिन् चरम अराजकता र मनपरितन्त्र यसक्रममा डडेल्धुरा मात्र होइन सुनसरी लगायतका मुलुकका अन्य कतिपय ठाउँमा समेत सत्ता र शक्तिको चरम दुरुपयोग भएका खबरहरु आइरहेका छन्।

देशव्यापी रुपबाट एकैपटक महाधिवेशन हुने परम्परा तोडेर अधिवेशन प्रारम्भ भएको एक हप्तासम्म २० जिल्लाको कृयाशील सदस्य सूची अझै टुङ्गो लगाईएको छैन। विधि–विधान विपरीत अधिकांश जिल्लामा क्रियाशील सदस्यताकै विषयमा गम्भीर विवाद उत्पन्न भएका छन्। क्रियाशील सदस्यता वितरणमा भएको गैरजिम्मेवारी, मनपरि र अराजकताले कांग्रेस लोकतान्त्रिक आदर्श र संस्कार अनुरुपको पार्टी नरहने खतराको लक्षण देखा पर्न थालेको छ। 

मुलुकको संविधान र पार्टीको मर्यादा र परम्परामा बलमिच्याई हुन थाल्यो भने पार्टी, लोकतन्त्र, स्वच्छ राजनीतिक वातावरण आदि पक्षहरु दक्षित र कमजोर भएर जाने संभावना हामीले देखिरहेका छौ। यसलाई नेतृत्वले निष्पक्ष र न्यायोचित तरिकाले समाधान गर्नु पर्ने अनिवार्य आवश्यकता र जिम्मेवारी हो। डडेल्धुरा जिल्लाको जस्तै अनियमितता र स्वेच्छाचारको पुनरावृत्ति अन्य २० जिल्लाहरुमा पनि हुन नपाओस् भन्ने तर्फ सम्बद्ध पक्षको ध्यानाकषर्ण र खबरदारी गर्न चाहन्छौं।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

पार्टीको आधारभूत र जिवन्त तत्व भनेकै क्रियाशील सदस्यहरू हुन्। तर नेतृत्वले समय छंदै यस्तो आधारभूत मामिलामा कुशलतापूर्वक ध्यान दिन नसक्दा आजको अराजक स्थितितिर पार्टीलाई धकेलेको हो र वर्तमान अराजकता, मनपरि र गैरजिम्मेवारीले हामीलाई निकै चिन्तित र गम्भीर बनाएको छ। पार्टीको स्थापित विधि र प्रक्रिया विरुद्ध खल्ला हस्तक्षेप भएकाले अधिवेशनका दौरानमा लज्जाजनक स्थिति समेत पैदा भएको छ। जसले पारदर्शी र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न भई नेतृत्व चयन हुने परम्परामा विश्रङ्खलता पैदा भएको छ भन्ने हामो निष्कर्ष छ।

नेपाली कांग्रेसको विधानको धारा ४ अनुसार कयाशील सदस्यताको प्रारम्भ नै वडा समितिबाट प्रस्तावित भई आउने स्पष्ट व्यवस्था छ। विवाद नभए सोही अनुसार गर्ने र विवादित भए सहमतिमा क्रियाशील सदस्यताको टुङ्गो लगाउने, त्यसो पनि हुन नसक्ने अबस्थामा १३ औं महाधिवेशनका क्रियाशील सदस्यको आधारमा अधिवेशन हुने पार्टीको केन्द्रिय कार्यसमितिका निर्णयहरु अनसार विवादमा परेको नामावलीमा विधि र प्रकृया पुर्याएर १५ औं महाधिवेशनमा दिने भनी गरिएको निर्णय विपरित वडा अधिवेशन सुरु भएको हो, तर अहिले पार्टी विधान र केन्द्रिय कार्यसमितिको निर्णय समेतलाई लत्याएर बलपूर्वक प्रकया अगाडि बढाइएको छ। यसप्रति हामी गम्भीर असहमति छ।

१४ औ महाधिवेशनको क्रममा बनाईएका नयाँ क्रियाशील सदस्यहरु जो पार्टीको क्रियाशील सदस्य नै थिएनन् उनीहरुलाई समेत निर्वाचनमा विद्रोही उम्मेदवारका रुपमा उठेको भनी उजुर गर्ने र कारबाहीको लागि दबाब दिने कार्य ठाउँठाउँमा भईरहेको छ। यसबाट अन्य पार्टीबाट आएका नया सदस्यहरूमा के कस्तो मनोवैज्ञानिक असर पर्छ? यो विषय अन्यत्र लागू हुन्छ कि हुँदैन ? यस्ता गम्भीर आशंका र प्रश्न उत्पन्न भएका छन्। नेपाली कांग्रेसको लामो इतिहासका क्रममा पहिलो पटक विधान र परम्परा तोडेर क्रियाशील सदस्यताको टुङ्गो नलगाई अधिवेशन (निर्वाचन) प्रारम्भ गरिएको छ। 

देशको संविधान र पार्टीको विधानले तोकेको महाधिवेशनको समय–सीमा नाघेर जानु, काँग्रेसका डडेलधुरा जिल्ला सभापति र कार्यसमिति कै सहभागिता र सहमतिलाई निषेध गरी काँग्रेस सभापतिले नै दिनुभएको वचन विपरीत राज्यशक्ति र प्रशासनिक शक्तिको दुरुपयोग गरी एकपक्षीय रुपमा गरिएको वडा अधिवेशनबाट लोकतान्त्रिक प्रणाली, पार्टीको मर्यादा र मूल्य–परम्पराको खिल्ली उडाइएको छ। यो अमान्य छ, त्यसैले यसको हामी घोर भत्र्सना गर्दछौं र यथाशिघ्र विधि र प्रकृया अनुसार नेतृत्व चयनको लागि पुनः निर्वाचन होस् भन्ने जोडदार आग्रह गर्दछौं।
जय नेपाल !
साथीहरुको तर्फबाट
रामचन्द्र पौडेल, नेपाली कांग्रेस

प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८  १६:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्